site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद् विघटनविरुद्ध मोरङमा चार दलको मोर्चाबन्दी
फाइल तस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनको विरुद्धमा मोरङका राजनीतिक दलहरूले मोर्चाबन्दी सुरु गरेका छन् ।

नेपाली कांग्रेस मोरङका जिल्ला कार्यालयमा सोमबार बसेको कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (नेपाल खनाल पक्ष) र जनता समाजवादी पार्टी उपेन्द्र पक्षको जिल्लास्तरीय बैठकले प्रतिनिधिसभा विघटनको विरुद्धमा मोर्चाबन्दी गर्ने निर्णय गरेको हो । ती दलका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा प्रधानमन्त्री ओलीले गत जेठ ७ गते मध्यरातमा चालिएको कदम अलोकतान्त्रिक, असंवैधानिक, जनविरोधी तथा राष्ट्रघाती भएको दाबी गर्दै घोर निन्दा एवं भत्र्सना गरिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“प्रधानमन्त्री खड्ग प्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा पुनः यही जेठ ७ गते मध्यरातमा चालिएको अलोकतान्त्रिक, असंवैधानिक, जनविरोधी तथा राष्ट्रघाती कदमको हामी मोरङ जिल्लास्थित राजनीतिक पार्टीहरू घोर निन्दा एवं भत्र्सना गर्दछौं,” विज्ञप्तिमा भनिएको छ, “मुलुक कोभिडको महामारीले आक्रान्त भएको यस विषम परिस्थितिलाई पूर्ण रूपमा बेवास्ता गरि चालिएको यस्तो गलत कदमका विरुद्धमा न्यायिक एवम् राजनीतिक रूपमा प्रतिवाद गर्न सम्पूर्ण न्यायप्रेमी, जनता तथा सम्पूर्ण लोकतन्त्रवादी शक्तिलाई हामी अपिल गर्दछौँ ।”

विज्ञप्तिमा कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, माओवादी केन्द्रका जिल्ला सचिव गणेश उप्रेती सुशील, नेकपा एमाले (नेपाल–खनाल पक्ष)का सचिव राजन केसी र जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवले हस्ताक्षर गरेका छन् । 

Royal Enfield Island Ad

विज्ञप्तिमा संवैधानिक व्यवस्था अनुसार बहुमत संसद सदस्यहरूको माग दाबीलाई न्यायिक मान्यता दिई संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनगरी मुलुकको वर्तमान राजनीतिक संकटको निकास यथाशीघ्र निकाल्न माग गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  २०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro