site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
एनएसएल : प्लेअफमा पुग्ने टोलीको टुङ्गो आज लाग्दै 
SkywellSkywell

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछन् । पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगितामा आज हुने दुबै खेल महत्वपूर्ण रहेका छन् ।
 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दुई खेलले ‘प्ले अफ’ पुग्ने चारै टोलीको टुंगो लाग्नेछ । निकै नै रोमाञ्चक बनेको प्रतियोगितामा धनगढी एफसी र काठमाडौं रेजर्सले प्ले अफमा स्थान बनाइसकेका छन् । 

अब दुई टिम प्लेअफमा पुग्न बाँकी छ । आज हुने पहिले खेलमा विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोलीलाई जितको आवश्यक छ । विराटनगर ५ खेलमा ७ अंक जोडेर चौंथो स्थानमा छ । ललितपुरलाई हराएमा विराटनगरले शीर्ष चारमा उक्लिनेछ । यदि बराबरी भएमा भने विराटनगरले अन्य टोलीको नतिजा कुर्नु पर्नेछ । 

KFC Island Ad
NIC Asia

यता, ललितपुरलाई प्ले अफ पुग्न जित निकाल्नै पर्नेछ । बराबरी या हार भएमा ललितपुर प्रतियोगिताबाट बाहिरिने छ । ललितपुर ५ खेलमा ६ अंक जोडेर पाँचौं स्थानमा छ । आजनै हुने दोस्रो खेलमा धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

आजको खेमला जित निकाल्दै धनगढी आफूलाई शीर्ष स्थानमा रहँदै प्रतियोगिताको प्लेअफमा पुग्ने टोलीको रुपमा चिनाउन चाहन्छ । धनगढी भने यसअघि नै प्लेअफमा पुगिसकेको छ । धनगढीले ५ खेलमा १० अंक जोडेको छ । बुटवल ५ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा छ ।

बुटवललाई भने प्लेअफमा स्थान बनाउन अन्तिम खेलमा फराकिलो जित निकाल्नै पर्ने दबाब छ । फराकिलो जित निकाल्न नसकेमा भने बुटवल प्रतियोगिताबाट नै बाहिरिने छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  ११:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro