site stats
बाह्रखरी :: Baahrakhari
प्रदेश
Nabil BankNabil Bank
कोरोना विशेष अस्पताललाई एक करोड ७५ लाख रुपैयाँ दिने लुम्बिनी प्रदेश सरकारको निर्णय
Sarbottam CementSarbottam Cement

दाङ । लुम्बिनी प्रदेश सरकारले कोरोना विशेष अस्पताललाई एक करोड ७५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । कोरोना संक्रमितको उपचारका लागि चाहिने अक्सिजनयुक्त बेडको अभाव भएको भन्दै चौतर्फी आलोचना भएपछि प्रदेश सरकारले चारओटा कोरोना विशेष अस्पताललाई एक करोड ७५ लाख रुपैयाँ बजेट दिने निर्णय गरेको हो ।

कोरोना उपचार तथा रोकथाम कोष निर्देशक समितिको बैठकले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, दाङको बेलझुण्डीस्थत अस्पताल र भेरी अस्पताल नेपालगञ्जलाई ५० लाख रुपैयाँका दरले र भैरहवास्थित भीम अस्पताललाई २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यो बजेट अन्य शीर्षकबाट रकमान्तर गरी यथाशीघ्र उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री बैजनाथ चौधरीले वताए । 

यस्तै कोरोना रोकथाम तथा उपचार कोषमा प्रदेश सरकारले १० करोड रुपैयाँ थप गर्ने निर्णय पनि गरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार पछिल्ला दिनहरूमा प्रदेशमा औसत दैनिक ७ सयजना कोरोना सक्रमित थपिरहेका छन् । हाल उपचाररत करिब २ सयजना संक्रमितमा गम्भीर स्वास्थ्य समस्या देखिएको छ । 

Global Ime bank

अस्पतालमा बेड नहुँदा संक्रमितलाई अन्यत्र रिफर गर्नु पर्ने बाध्यता रहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले वताए । लुम्बिनी प्रदेशका ७ वटा निजी अस्पतालले ३३४ बेड कोरोना संक्रमितको लागि छट्याएको बताएपनि विरामीले बेड पाउन सकेका छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement