site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आर्थिक दृष्टिकोणले सुखद रहेन वर्ष २०७७
Sarbottam CementSarbottam Cement

काठमाडौं । आर्थिक दृष्टिकोणले वर्ष २०७७ सुखद हुन सकेन । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय आवागमनमा भएको प्रतिबन्ध र देशव्यापी रुपमा गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण जनजीवन कष्टकर बन्यो ।

अत्यावश्यक वस्तु तथा सेवा उत्पादन गर्नेबाहेकका उद्योग–व्यवसायहरु बन्द भए । वस्तु तथा सेवाको आपूर्ति प्रणाली प्रभावित बन्यो । उद्योगहरुको उत्पादन र वितरण प्रणालीमा आएको अवरोधले अर्थतन्त्रले ठूलो क्षति व्यहोर्नुप¥यो ।

कोभिड–१९ का कारण गरिएको लकडाउनका कारण ९७.६ प्रतिशत उद्योगहरुको ७३.८ प्रतिशत औद्योगिक उत्पादन÷कारोबार घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले नै देखायो । राष्ट्र बैंकको अध्ययनानुसार नै २२.५ प्रतिशत श्रमिकले रोजगारी गुमाउन बाध्य भए । कोभिडका कारण पर्यटन र उत्पादनमूलक क्षेत्र सबैभन्दा बढी प्रभावित भए ।

Prabhu Bank
Agni Group
NIC Asia

राजधानी वा अरु सहर पसेका अधिकांश मानिस हातमुख जोर्न गाउँ फर्कन बाध्य भए । कोरोना कारण भारतबाट स्वदेश फर्किएका नेपाली रोजगारीको अभावमा पुनः कोेरोना महामारीकै बीचमा भारत फर्कन बाध्य भए । कोभिडका कारण आन्तरिक तथा बाह्य रोजगारी गुम्दा मुलुकमा करिब १२ लाख जनसंख्या गरिबीको रेखामुनि धकेलिएको अनुमान छ ।

कोरोनाकै कारण लामो समयसम्म बन्द हुँदा केही ठूला होटेल बन्दै गर्ने निर्णयमा पुगे । पाँचतारे होटेल अन्नपूर्ण बन्द भयो । नेपाल पर्यटन बोर्डको अध्ययनले कोभिडका कारण पर्यटन क्षेत्रमा गरिएको करिब १ खर्ब १५ अर्ब रुपैयाँ यो वर्ष जोखिममा पुगेको जनाएको छ । यो वर्ष पर्यटक आवागमनमा करिब ८० प्रतिशतले गिरावट आयो ।

Global Ime bank

कोरोनाका कारण वैदेशिक रोजगारी र आन्तरिक श्रम बजारमा कार्यरत करिब ३५ लाख नेपाली प्रभावित भएको विश्व श्रम संगठनको अनुमान छ ।

२०७७ सालमा पनि उखु किसानका समस्या ज्युँका त्युँ रह्यो । उखुको भुक्तानी लिन काठमाडौंमै आएर आन्दोलन गर्न कृषक बाध्य भए । आन्दोलनकै क्रममा एकजना किसानले ज्यान गुमाए । कोरोनाका कारण अर्थतन्त्र प्रभावित हुँदा सरकारले चालु आर्थिक वर्ष २०७७÷७८ को बजेटको आकार नै घटायो ।

मुलुकमा स्वदेशी तथा विदेशी लगानी आकर्षित हुन सकेन । यो वर्ष अघिल्लो वर्षको तुलनामा उद्योग दर्ताको संख्यामा पनि कमी आयो । यो वर्ष स्वदेशी मात्र नभई विदेशी लगानीको प्रतिबद्धता पनि घट्यो । २०७७ सालमा ३३ अर्ब ९२ करोड लगानी प्रतिबद्धतामा सीमित भयो । अघिल्लो वर्ष करिब ४४ अर्बको प्रतिबद्धता थियो ।

२०७७ सालमा धेरै क्षेत्र प्रभावित भए पनि धितोपत्र बजार र डिजिटल कारोबारमा भने उत्साह देखियो । धितोपत्र बजार ११७ प्रतिशतले बढेर २७ सय १३ विन्दुमा पुगेर नयाँ रेकर्ड बनायो । यस्तै, सेयर कारोबारका लागि डिम्याट खाता अघिल्लो वर्षको १८ लाखबाट बढेर यो वर्ष करिब ३४ लाख पुगेको छ ।

कोडिभका कारण अनलाइन कारोबार बढ्दा डिजिटल प्लेटफर्मको उपयोग गरिएको कतिपय व्यवसाय निकै फष्टाए । एकै महिनामा क्यूआर कोडमार्फत ६ लाख ३५ हजार बढीले २ अर्ब रुपैयाँ बढीको कारोबार गरेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, कोभिडका कारण आयात प्रभावित हुँदा भने मुलुकको शोधनान्तर स्थिति सन्तोषजनक रह्यो । राष्ट्र बैंकले फागुनसम्म भुक्तानी सन्तुलन ६८ अर्बले बचतमा रहेको जनाएको छ । यो वर्ष रेमिट्यान्स झन् प्रभावित हुन सक्ने आशंका बीच ११ महिनामा करिब ९ खर्ब विप्रेषण भित्रियो ।

वर्ष २०७७ मा अर्थतन्त्रमा ऐतिहासिक गिरावट आए पनि वर्ष २०७८ लाई स्वागत गर्दा भने अर्थतन्त्रमा केही सुधारका संकेत भने देखिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement