site stats
बाह्रखरी :: Baahrakhari
विदेश
उत्तर कोरिया टोकियो ओलम्पिक्समा सहभागी नहुने
तस्बिर : राेयटर्स

बीबीसी । उत्तर कोरियाले यो वर्षको टोकियो ओलम्पिक्समा सहभागिता नजनाउने भएको छ । आफ्ना खेलाडीहरूलाई कोभिड–१९ बाट सुरक्षित राख्नका लागि भन्दै उत्तर कोरियाले टोकियो ओलम्पिक्समा सहभागी नहुने घोषणा गरेको बीबीसीले जनाएकाे छ । 

उत्तर कोरियाको यो निर्णयले खेलको माध्यमबाट वार्ता अघि बढाउने दक्षिण कोरियाको प्रयास असफल भएको छ । दक्षिण कोरियाली राष्ट्रपति मून जे इनले खेलकुदले दुई देशबीच उत्प्रेरकको भूमिका खेल्ने आशा व्यक्त गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सन् २०१८ को शीतकालीन ओलम्पिक्सका क्रममा दुबै पक्षले एउटा संयुक्त टोली बनाएको थियो । जसका कारण ऐतिहासिक शिखर सम्मेलनहरू सम्पन्न भएका थिए । सो ओलम्पिक्समा २२ खेलाडीसहित २३० अधिकारीहरूले सहभागिता जनाएका थिए ।

कोरोना महामारीका कारण एक वर्ष ढिलागरी सुरु हुन लागेको टोकियो ओलम्पिक्समा सहभागी नहुने घोषणा गर्ने उत्तर कोरिया पहिलो राष्ट्र हो । उसले यो निर्णयबारे मार्च २५ मा ओलम्पिक कमिटीको बैठकमा जानकारी गराइसकिएको जनाइएको छ । यो ओलम्पिक्स आगामी जुलाई २३ देखि सुरु हुँदैछ ।

गत वर्ष कोरोना भाइरसको संक्रमण फैलिएपछि उत्तर कोरियाले स्वास्थ्य सुरक्षाका कडा नियमहरू अवलम्बन गर्दै आएको छ । जनवरीको अन्त्यबाट नै उसले सीमा नाका बन्द गरेको थियो भने सयौं विदेशी पर्यटकलाई राजधानी प्योङयाङमा क्वारेन्टिनमा  राखेको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  ११:२८
प्रतिक्रिया दिनुहोस्