site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुग्लिन–नारायणगढ सडकमा ट्रक र कार ठोक्किदा दुईजनाको मृत्यु 

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना हुंँदा दुई जनाको मृत्यु भएको छ भने तीनजना घाईते भएका छन्। 

मृत्यु हुनेमा तनहुँ जिल्ला स्याम्घा नगरपालिका वडा नम्बर ४ का धर्मराज गौली र कास्की जिल्ला लेखनाथ नगरपालिकाका रामकृष्ण भुजेल रहेका छन् । यस्तै घाइते हुनेहरुमा लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका वडा नम्बर ७ का  कार चालक पदम सापकोटा, स्याङ्गजा जिल्ला विरुवा गाउंँपालिका वडा नम्बर ३ का प्रसाद थापा र तनहुँ जिल्ला व्यास नगरपालिका वडा नम्बर ६ का जसमान परियार रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज अपरान्ह ४ बजेर २५ मिनेटमा भरतपुर महानगरपालिका वडा नम्बर  २९ मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत दासढुङगामा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको बा २१ च ६८५९ नम्बरको कार एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो । 

कारमा सवार चालकसहित ५ जना घाईते भइ उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुरतर्फ ल्याउँदै गर्दा २ जनाको बाटोमा नै मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । 

यसमध्ये सापकोटा र थापाको अवस्था गम्भीर रहेको छ भने परियारको अवस्था मध्यम रहेको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro