site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अपराधीलाई बचाउने राजनीति नगर

काठमाडौं । वि.सं. २०६६ साल फागुन १७ गते जनकपुर टुडे संचार गृहका अध्यक्ष तथा पत्रकार अरुण सिंघानियाको हत्या भयो ।

त्यसपछि २०६८ साल जेठमा जनकपुरमा भएको एक बम काण्डमा ५ जनाको मृत्यु भयो । ती दुवै अपराधका नाइके संजय साह ‘टक्ला’ भने २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनबाट सांसद भइसकेका थिए र दोस्रो संविधान सभामा पनि निर्वाचित भए । निर्वाचित मात्र होइन यिनी मन्त्रीसमेत भएका थिए ।

अहिले जेलमा भएका यी व्यक्ति उपेन्द्र यादवको मधेसी जनअधिकार फोरमबाट सांसद भएका थिए भने पछि राजेन्द्र महतोको सद्भावना पार्टी प्रवेश गरेका थिए ।

त्यसबेलाका यी दुई दल विभिन्न समूहमा मिल्दै अहिले जनता समाजवादी पार्टी बनेका छन् र अहिलेको सत्ता समीकरणको खेलमा यो दल महत्वपूर्ण कडी बन्न गएको छ ।

यो दलले अहिले एक हत्या प्रकरणमा अदालतले दोषी मानेर जेलमा राखेको व्यक्तिलाई मुक्त गर्नुपर्ने शर्त राखेको छ । यस्तो अपराधलाई गलत तरिकाले माफी दिने, अपराध र गलत कार्यलाई प्रोत्साहन दिने राजनीतिको प्रतिवाद गरिनु पर्दछ ।

जनता समाजवादी पार्टीले जेलबाट मुक्त गरिनुपर्ने भनेर माग राखेका व्यक्ति रेशम चौधरी हुन् । यिनी मुख्य योजनाकार मानिएको टीकापुरको २०७२ भदौ ७ गते भएको घटनामा सात प्रहरी  र एक नाबालकको मृत्यु भएको थियो ।

यस्तो अपराधी प्रवृत्तिलाई जसपाले मात्र होइन अन्य राजनीतिक दलले पनि प्रश्रय दिइ आएका छन् । राजनीतिबाट अपराध हटेर जानुपर्नेमा झन् बढेर जानु देश र जनताका लागि प्रत्युत्पादक हुन्छ । हेराैँ यिनै विषयमा केन्द्रित रहेर तयार पारिएको प्रतिवाद कार्यक्रम ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro