site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपाको नाम परिवर्तन गर्दै दाङमा पनि राखियो एमालेको बोर्ड
Sarbottam CementSarbottam Cement

दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला पार्टी कार्यालय भरतपुर दाङमा सोमबार बेलुका नेकपा एमालेको बोर्ड राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेकपाका नेता कार्यकर्ताले पार्टी कार्यालयको नाम परिवर्तन गरी नेकपा एमाले लेखेका हुन् ।

ओली समूहका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षता र केन्द्रीय सदस्य मेनका पोखरेलको प्रमुख आथित्यमा पार्टी कार्यालयको बोर्ड विधिवत रुपमै परिवर्तन गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए । कार्यक्रमको सहजीकरण जिल्ला सचिव मनोहर बुढाथोकीले गरेका थिए । त्यस क्रममा उनीहरुले नेकपा एमाले जिन्दावाद भन्दै नाराबाजीसमेत गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

पार्टी कार्यालयको बोर्ड परिवर्तनसँगै उनीहरुले कार्यालयमा मैनबत्तीसमेत बालेर खुसियाली मनाएका थिए । त्यसक्रममा ‘सैपनि एमाले, मैपनि एमाले’ भन्ने गीत बजाएर नाचगान गरी रमाइलो गरिएको थियो । नाम परिवर्तनपछि नेकपा एमाले जिन्दावाद, केपी ओली जिन्दावाद भन्ने नारा पनि लगाइएको थियो । सर्वोच्च अदालतको आइतबारको फैसलाअनुरुप आफूहरुले पार्टी कार्यालयको नाम परिवर्तन गरेको बस्नेतले जानकारी दिए ।

Global Ime bank

उनले घोराहीस्थित जिल्ला पार्टी कार्यालय, तुलसीपुरस्थित अञ्चल पार्टी कार्यालय र लमहीस्थित क्षेत्रीय पार्टी कार्यालयलगायत सबै सम्पत्ति अहिले पनि नेकपा एमालेकै नाममा रहेको हुँदा आफ्नो कार्यालयको नाम परिवर्तन गरेको जानकारी दिए ।

तुलसीपुरस्थित अञ्चल पार्टी कार्यालयमा मर्मत सम्भारको काम चलिरहेको हुँदा त्यहाँ मंगलबार बोर्ड परिवर्तन गर्ने कि अलि पछि गर्ने भन्नेबारेमा टुंगो लाग्न बाँकी रहेको बस्नेतले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !