site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बादल–विप्लव आमने–सामने ! एक अन्तरमुखी, अर्को विद्रोही
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले ०७५ फागुन २८ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि प्रतिबन्धको घोषणा ग¥यो । प्रतिबन्ध घोषणा गर्दा केपी शर्मा ओली नै प्रधानमन्त्री थिए । नेकपा विभाजित पनि थिएन । पार्टीभित्र सरसल्लाह नगरिएको र प्रधानमन्त्रीले एकलौटी निर्णय गरिएको भन्दै खुबै आलोचना भयो ।

पछि प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै ‘सफाया’को योजना बनाइएको ‘ब्रिफिङ’पछि यो प्रकरण सेलायो । योसँगै विप्लव समूहमाथि धरपकडले तीव्रता पायो । प्रहरी मुठभेडमा विप्लव समूहका केही व्यक्तिको हताहती भयो । एकजना शिक्षक, एकजना सर्वसाधारण र प्रहरीसमेतले ज्यान गुमाए ।

प्रतिबन्धताका गृहमन्त्री पनि रामबहादुर थापा ‘बादल’ नै थिए । अहिले पनि उनै छन् । प्रतिबन्धपछि आजको दिनसम्म विप्लव समूहका दुई हजारभन्दा बढी नेता–कार्यकर्ता पक्राउ परे । सरकार आक्रामक रूपमा प्रस्तुत भयो । विभिन्न कार्यक्रममा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाले पटक–पटक विप्लव समूहलाई कानुनबाटै निस्तेज गर्ने चेतावनी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

योबीचमा विप्लवले पनि पटक–पटक विज्ञप्ति जारी गर्दै सरकारी दमनको विरोध गरे । विप्लवका प्रायःजसो विज्ञप्तिमा ओली र बादलको नामै किटेर विरोध हुन्थ्यो ।

प्रतिबन्धको २४ महिनापछि अर्थात् मंगलबार (आज) सरकारले विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा वार्ता टोली गठन ग¥यो । विप्लव र बादलबीच केही संयोग पनि छन् । उनीहरू दुवै माओवादी जनयुद्धका शीर्ष नेतामध्ये एक हुन् । उनीहरूसँगै मूल पार्टीबाट अलग भएर विद्रोही धार खोलेका थिए ।

Global Ime bank

त्यसो त, अर्को रोचक संयोग पनि छ, प्रतिबन्धको प्रस्ताव पनि बादलले नै गरेका थिए भने अहिले विप्लवसँगको वार्ताको जिम्मा पनि बादलले नै पाएका छन् । यस्तोमा बादलले विप्लवलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन सक्लान् त ? भन्ने प्रश्न उब्जिएको छ ।

बादललाई अन्तरमुखी र विप्लवलाई विद्रोही नेताका रूपमा हेरिँदै आएको छ । उनीहरुलाई नजिकबाट चिन्नेहरु भन्छन्, “दुवैको स्वभाव एकदम फरक छ । बादललाई बुझ्न कठिन छ । उनी प्रायः खुल्दैनन् । विप्लव विद्रोही स्वभावका छन् । उनले प्रचण्डसँग विद्रोह गरे । कुरा नमिलेपछि मोहन वैद्य ‘किरण’लाई छाडे । विप्लवमा धीरताको भने केही कमी छ ।”

कम बोल्ने बादल संसद् विघटनको निर्णयपछि खुलेरै प्रधानमन्त्री ओलीको पक्षमा लागेका छन् । प्रचण्डको साथ छाडेपछि पूर्वमाओवादीहरु बादलसँग रुष्ट छन् । यस्तोमा बादलले विप्लवसँगको वार्तालाई कसरी अगाडि बढाउँछन् भन्ने चासो छ । विप्लवलाई मूलधारमा ल्याउन सके त्यसले आफ्नो गुमेको पूर्वमाओवादी नेता हुँदाका साख फर्कने बुझाइ बादलको रहेको उनीनिकट बताउँछन् ।

मूल पार्टी छाड्दा दुवैले प्रचण्डलाई दर्जनौँ आरोप लगाएका थिए । राजनीतिक घटनाक्रमले बादल फेरि प्रचण्डकै पार्टीमा फर्किए । प्रचण्डकै जोडबलमा गृहमन्त्री पनि बने ।

प्रचण्डबाट कसरी छुट्टिए वैद्य, बादल र विप्लव
मोहन वैद्य ‘किरण’को नेतृत्वमा ०६९ असारमा तत्कालीन एकीकृत नेकपा माओवादी विभाजन भयो । वैद्यले प्रचण्डले क्रान्तिलाई धोका दिएको र आफूहरुले जनक्रान्ति गर्ने भन्दै ४० प्रतिशत बढी केन्द्रीय सदस्य लिएर पार्टी विभाजन गरे ।

प्रचण्डसँग वैद्यले साथ छोड्दा विप्लव र बादल पनि थिए । जानकारहरूको दाबी छ कि वैद्यले विप्लवकै दबाबमा पार्टी विभाजन गरेका थिए । उनमा क्रान्तिको उग्र महत्वाकांक्षा थियो । मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी गठन भयो, नेकपा माओवादी । विभिन्न स्थानमा कार्यक्रम भए । बादल र विप्लव सँगसँगै कार्यक्रममा जान्थे । प्रचण्डले क्रान्तिलाई धोका दिएको र आफूहरुले त्यसको नेतृत्व गर्ने उनीहरूको दाबी थियो ।

तर, ०७१ मंसिरमा आइपुग्दा विप्लव र बादलबीच टकराव बढ्दै गयो । संगठनिक विषय र कार्यदिशालाई लिएर विवाद भएपछि विप्लव फेरि वैद्य समूहबाट छुट्टिने अवस्थामा पुगे । विवाद बढ्दै गएपछि ०७१ मंसिरमा विस्तारित बैठक डाकिएको थियो । विप्लवको नेतृत्वमा मंसिर ११ देखि १४ गतेसम्म चितवनमा राष्ट्रिय भेला सम्पन्न भयो ।

भेलाले वैद्य र बादल समूह छोडेर नेकपा माओवादी गठन गर्ने निर्णय गर्‍यो । ०७३ फागुन १ गते रोल्पामा महाधिवेशन गर्दै विप्लव नेतृत्वको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखियो । ०७४ को चुनावअघि वैद्यको साथ छाडेर रामबहादुर थापा ‘बादल’को नेतृत्वमा ठूलो समूह फेरि प्रचण्ड नेतृत्वकै पार्टीमा फर्कियो ।

अहिले बादल पनि प्रचण्डको साथ छाडेर ओली समूहमा छन् । ओलीले बादललाई विप्लवसँग वार्ताको जिम्मा दिएका छन् । पूर्वमाओवादी पृष्ठभूमिका बादलले विप्लवलाई फकाउन सक्ने ओलीको बुझाइकै कारण उनलाई जिम्मेवारी दिइएको कतिपयको बुझाइ छ ।

प्रतिबन्धअघिदेखि नै विप्लव भूमिगत छन् । उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । पार्टीको शीर्ष कमान्डको बैठकमा मात्रै उपस्थित हुन्छन् । विप्लवलाई खोज्न चारवोटै सुरक्षा निकाय सक्रिय छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !