site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रानीमहललाई ‘हेरिटेज होटल’ बनाउने प्रस्ताव– वरिपरी महलकै शैलीमा संरचना बनाइने 
Tiktok banner adTiktok banner ad

काठमाडौं । पाल्पाको तानसेन नगरपालिकामा अवस्थित रानीमहललाई ‘हेरिटेज होटल’ बनाउने प्रस्तावले तरंग सिर्जना गरेको छ ।

नेपाल पर्यटन बोर्डले तानसेन नगरपालिकासँगको सहकार्यमा रानीमहललाई ‘हेरिटेज होटल’ बनाउन प्रस्ताव गरेपछि यसको पक्ष र विपक्षमा बहस सुरू भएको छ ।

तानसेन नगरपालिकाले पनि यस विषयमा कुराकानी भएको पुष्टि गरेको छ ।

बोर्डले हालसम्म गरेको काम र आगामी योजनाबारे जानकारी दिन केही दिनअघि गरेको पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले रानीमहलको संरक्षण गर्न र आकर्षक गन्तव्य स्थल बनाउन यस्तो प्रस्ताव गरिएको बताएका थिए ।

“रानीमहलको संरक्षण भएको छैन । संरक्षण गर्न पैसा चाहिन्छ । अहिलेको संरचनालाई नविगारी आकर्षक गन्तव्यस्थल बनाउन सकिन्छ,” उनले भने, “भारतीय पर्यटकलाई लक्षित गरी महङ्गोमा बिक्री गर्न सकिन्छ भने होटेल बनाउँदा के हुन्छ ?” उनले भने । 
तर कतिपय सम्पदाविद् र स्थानीयले भने रानीमहललाई होटल बनाउन दिन नहुने तर्क गर्दै आएका छन् ।

तर तानसेन नगरपालिकाले रानीमहल वरिपरी रहेको जग्गामा सोही शैलीमा संरचना बनाउन सकिने प्रस्ताव गरेको छ ।

दुईसय रोपनी वरिपरी रानीमहलकै शैलीमा संरचना बनाउन सकिने नगरपालिकाले जनाएको छ ।

रानी महललाई आकर्षक पर्यटन गन्तव्यको रुपमा विकास गर्न त्यस वरपर रानी महलकै आर्किटेक शैलीमा अन्य संरचना बनाउन सकिने गरी नगरपालिकाले ‘मास्टर प्लान’ नै तयार पारेको छ ।

नगरपालिकाका मेयर अशोक कुमार शाहीले रानीमहल वरिपरी दुईसय रोेपनी जग्गा अधिग्रहण गर्ने र रानी महलकै शैलीमा संरचना बनाउन सकिने गरी डीपीआर बनाइएको बताए । 

रानी महल वरिपरी पर्यटकीय गतिविधि गर्न सकिने गरी डीपीआर बनाइएको उनले बताए । 

“रानीमहल जे छ सोही स्वरुपमा राख्ने, आन्तरिक साजसज्जा पनि पुरानै स्वरुपमा लैजाने र दुईसय रोपनीभित्र कुनै संरचना बनाउँदा पनि रानी महलको आर्किटेकसँग मिल्ने आर्किटेकमा नयाँ संरचना बनाउन दिने प्रस्ताव गरेका छौँ,” उनले भने । 

रानी महलको शैली भन्दा फरक किसिमको शैलीमा संरचना बनाउन नपाइने गरी मास्टर प्लान बनेको उनले बताए । 

उनले नगरपालिकाको ‘मास्टर प्लान’ को आधारमा अगाडि बढ्न सार्वजनिक निजी साझेदारीका लागि आवेदन माग गरेको पनि बताए । 

“निजी क्षेत्रलाई हाम्रो योजनाअनुसार संरचना निर्माण गर्न सकिन्छ भनेका छौं, त्यसमा अहिलेसम्म आवदेन आएको छैन, आवेदन आइसकेपछि के गर्ने भन्ने निर्क्योल गर्न सकिन्छ,” उनले बाह्रखरीसँग भने । 

यता बोर्डले पनि रानीमहलको कुनै संरचना नबिगारी ‘हेरिटेज होटेल’ बनाउन सकिने बताएको छ ।

रानीमहलको संरक्षणकै लागि बोर्डले यस्तो प्रस्ताव गरेको बोर्डका सीईओ रेम्मीले बताए । 

“हामीले होटल नै बनाउनुपर्छ भनेका छैनौँ । त्यसलाई संग्रहालय पनि बनाउन सकिन्छ । तर, बनाउनुपर्‍यो । त्यसै छोड्नु भएन । त्यसको संरक्षण गर्नुपर्छ भन्ने हो,” उनले बाह्रखरीसँग भने । 

रानीमहल तानसेन नगरपालिकास्थित कालीगण्डकी किनारमा अवस्थित ऐतिहासिक दरबार हो । जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा वि.सं १९५४ सालमा निर्माण गरेका थिए । रानीमहललाई प्रेमको प्रतीकका रुपमा मानिन्छ । 

लामो समयदेखि जिर्णअवस्थामा रहेको रानी महलको केही वर्षअघि स्थानीय युवाले संरक्षण गर्दै आएका थिए । स्याङ्जा र पाल्पाका युवाहरुको समूहले उक्त दरबार क्षेत्रको संरक्षण गर्नुपर्ने आवाज उठाएपछि पुनर्निर्माण थालिएको थियो ।

बोर्डले स्थानीय सरकारसँगको छलफलपछि नै यस्तो प्रस्ताव गरेको रेग्मीले बताए । 

तानसेन नगरपालिकाका मेयर शाहीले होटल बनाउने भन्ने प्रस्तावलाई गम्भिरतापूर्वक हेरिरहेको बताए । “हामीले होटेल बनाउने भन्ने प्रस्तावलाई गम्भिरतापूर्वक हेरिरहेका छौं । तर, रानीमहललाई ऐतिहासिक संरचनाकै रुपमा राख्नुपर्छ भन्ने मान्यता नगरपालिकाको छ,” उनले भने । 

यद्यपी उनले रानीमहललाई होटेल नै बनाउने भन्ने प्रस्ताव भने नगरेको बताए । “डीपीआरमा होटेल भनेर राखेका छैनौँ,” उनले भने, “रानीमहलकै जस्तो संरचना बनाउनुपर्छ, त्यो भन्दा फरक बनाउन पाइँदैन । हामीले गरेको प्रस्ताव यहि हो । केन्द्रबाट फरक प्रस्ताव आयो भने फरक हो, हाम्रो सोचाइ त्यही छ,” उनले भने । 
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro