site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
धर्मको विषयमा जनमतसंग्रह हुनुपर्छ : शशांक
Sarbottam CementSarbottam Cement

दाङ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस सरकारमा गएमा धर्मका बारेमा जनमतसंग्रह गराउनुपर्ने बताएका छन् ।

मंगलबार नेपाल प्रेस युनियन दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले धर्मको विषयमा जनमतसंग्रह हुन जरुरी रहेको बताए । ‘‘धर्मनिरपेक्ष र सापेक्ष नभई स्वतन्त्र हुन्छ । संविधानमा धर्मलाई निरपेक्ष भनेर उल्लेख गर्नु कमजोरी हो । यो विषयलाई जनतामाझ लिएर जानुपर्दछ,’’ उनले भने, ‘‘कांग्रेसको सरकार भएमा हामी यो मुद्दालाई उठाउँछौँ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

उनले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको पशुपति पूजादेखि भगवान् रामको कुरा नाटक मात्रै भएको बताए । ‘‘प्रधानमन्त्री कहिले होली वाइनको कुरा गर्नुहुन्छ, कहिले पशुपति र रामका,’’ उनले भने, ‘‘के यो आफैँमा विरोधाभास हैन ? यस्तो कुरा कसरी जनताले पत्याउँछन् ?’’

त्यस्तै, फरक प्रसंगमा उनले नेपाली राजनीतिमा मौलाउँदै गएको ओली सर्वसत्तावादका जन्मदाता प्रचण्ड र माधव नेपाल नै भएको बताए । उनले ओलीको सर्वसत्तावादको विरुद्धमा कांग्रेस एक्लैले आन्दोलन गर्ने पनि स्पष्ट पारे । ‘‘आज प्रचण्ड–माधव नेपालले प्रधानमन्त्री ओलीको सर्वसत्तावादका विरुद्ध संयुक्त आन्दोलन गरौँ भनिरहनुभएको छ । सर्वसत्तावादका जन्मदाता प्रचण्ड–नेपालसँगै आन्दोलनमा सहकार्य हुँदैन,’’ उनले भने, ‘‘हामी संयुक्त जनआन्दोलनमा जाँदैनौँ ।’’

Global Ime bank

विश्वबाट समाप्त भइसकेको कम्युनिस्ट शासनलाई स्थापित गर्नमा नेपाली कांग्रेसले इतिहासमै ठूलो कमजोरी गरेको भन्दै महामन्त्री कोइरालाले कम्युनिस्टलाई सरकारमा ल्याउनका लागि कुनै आन्दोलन नगर्ने बताए । कांग्रेस चुनावबाट भाग्न नसक्ने भन्दै उनले चुनाव हुने अवस्था आएमा चुनावमा भाग लिने स्पष्ट पारे । ‘‘अहिले चुनाव हुने अवस्था नै छैन । प्रधानमन्त्री ओली चुनाव गराउन चाहेको छैनन् । उनले अलमल्याउने काम गरिरहेका छन् । अहिलेको आवश्यकता संसद् पुनःस्थापना हो,’’ महामन्त्री कोइरालाले भने, ‘संसद् विघटनको मुद्दा अदालतमा छ । अदालतको निर्णयअनुसार हामी अगाडि बढ्छौँ ।’’

उनले प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक रहेको भन्दै त्यसको विरोधमा सबै उत्रन जरुरी रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement