site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
पोखरामा साइकल सरर...

पोखरा । बिहान ८ बजे । पोखराको रमणीय मौसम । हल्का वर्षासँगै ठाउँ–ठाउँमा कालो बादल । यही मौसममा साइकल यात्राका लागि तयार थिए ५० जना ।

बाह्रखरी मिडियाले आजोजना गरेको एनसेल बाह्रखरी गल्फको पूर्वसन्ध्यामा आयोजना गरिएको साइकलयात्रामा पोखरामा साइकल चलाइरहेका र हिमालयन राइडरहरूको सहभागिता थियो । त्यस्तै केही विशिष्ट व्यक्तिले पनि साइकलयात्रा गरेका थिए । बिहान करिब ८:२० बाट साइकल यात्र सुरु भएको थियो । पोखराको खहरेचोकबाट सुरु भएर हल्लन चोक हुँदै सहिद चोक, रत्न चोक, हस्पिटल चोक हुँदै गल्फ कोर्ससम्म साइकल यात्रा गरेका थिए ।

साइकल यात्राको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले गरेका थिए । उलने रिबन काटेर साइकल यात्राको आरम्भ गरेका हुन् । उद्‌घाटनअघि उनले पोखराको पर्यटन जुर्मुराउने अवस्थामा बाह्रखरी मिडियाले राम्रो सन्देश प्रवाह गर्न गरेको गल्फ प्रतियोगिताले पयर्टन आगमनमा राम्रो सन्देश जाने बताए । साथै उनले पोखरामा साइकल यात्रा गर्दै पर्यटकहरूलाई सुरक्षित तरिकाले निमन्त्रणा गरेको बताए ।

“कोभिडका कारण अस्तव्यस्त बनेको पोखराको पर्यटन क्षेत्र उकालो लाग्ने अवस्थामा बाह्रखरीले गल्फ प्रतियोगिता गर्ने साहस देखाएर एक राम्रो सन्देश प्रवाह गर्न सफल भएको छ । त्यसमा यो साइकल यात्राले पर्यटकलाई निमन्त्रणा गर्ने एक राम्रो प्रयास हो,” जीसीले भने ।

पाहुनालाई पोखरा विमानस्थलमा भव्य स्वागत (तस्बिरसहित)

त्यस्तै बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले आफूहरूको पर्यटन प्रवर्द्धन गर्ने सकारात्मक प्रयासले सबै आन्तरिक तथा बाह्य पर्यटकमा राम्रो सन्देश दिँदै पोखरालाई पर्यटन क्षेत्रमा सहफल बनाउन सहयोग पुग्ने बताए । 
“हाम्रो यो सकारात्मक प्रयासमा सबैको साथ रहनेछ भन्ने विश्वास छ । त्यही विश्वासले नै गल्फ प्रतियोगिता आयोजना गरेका हौं । त्यसैको पूर्वसन्ध्यामा साइकलयात्राले पर्यटकलाई झनै हरियो बत्ती बालिदिएको महसुस भएको छ,” प्रधानले भने ।

Global Ime bank

यता साइकलयात्राका सहभागीले पनि पोखराको पर्यटन क्षेत्रमा यो यात्राले सहयोग पुग्ने बताएका छन् । उनीहरूले लामो समयसम्म अस्तव्यस्त बनेको पोखराको पर्यटन क्षेत्र झन् सहज हुने बताए । पोखरा महानगरपालिकाका प्रहरी निरीक्षक सुवास हमालले बाह्रखरीले यो साहस देखाएर पर्यटकहरूलाई पोखरामा आउन सहज वातावरण मिलाइदिएको बताएका छन् । उनले पोखरामा अब पर्यटकहरू आउन कुनै हिच्किचाहट नहुन बाह्रखरी गल्फले सकरात्मक सन्देश प्रवाह गर्ने बताए । 

प्रदेशमै रहेर जनताका सपना पूरा गर्नु छ : मुख्यमन्त्री गुरुङ

“यो अवस्थामा कोही पोखरा आउन डराउने अवस्था पनि छ । बाह्रखरीले साइकल यात्रा गर्दै पर्यटक आगमनको एक नयाँ सन्देश प्रवाह गरेको छ । सहज वातावरणमा आरामका साथ गरिएको यो साइकल यात्राले पक्कै पनि नयाँ सन्देश प्रवाह गर्नेछ,” हमालले भने ।

यता साइकलयात्रामा सहभागी पुनीत वैद्यले पनि आन्तरिक पर्यटक र पोखराका बासिन्दाका लागि लागि बाह्रखरी गल्फ तथा साइकलयात्राले सकरात्मक सन्देश दिन खोजेको बताए । उनले पोखराका बासिन्दाले नै अब साइकलयात्रालाई पनि निरन्तरता दिन मद्दत पुग्ने बताए ।

“साइकलमै पोखराको यात्रा गर्न मानिसहरू आतुर छन्, कोरोनाको महामारीको डरले अहिलो धेरैले आँट निकाल्न सकेका छैनन् । त्यसको कोसेढुंगा साबित भएको छ बाह्रखरीले गरेको साइकलयात्रा । अझै खेललाई प्रवर्द्धन गर्न गल्फले पनि ठूलो भूमिका खेल्नेछ,” वैद्यले भने ।
No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.
तस्बिरहरु : सुनील प्रधान/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu