site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
एनसेल बाह्रखरी गल्फको पूर्वसन्ध्यामा पोखरामा साइकल र्‍याली 
SkywellSkywell

पोखरा । एनसेल बाह्रखरी गल्फको पूर्वसन्ध्यामा पोखरामा साइकल र्‍याली आयोजना गरिएको छ । पोखरालाई ग्रीन सिटी बनाउने उद्देश्यअनुरुप एनसेल बाह्रखरी गल्फको पूर्वसन्ध्यामा शुक्रबार बिहान करिब ७० जनाभन्दा बढी साइकल र्‍यालीमा सहभागी थिए । 

युवा उद्यमी मञ्च पोखरा, कास्की डिस्ट्रिक साइक्लिङ एशोसियसन र साइकल सिटी पोखराका करिब ७० बढी युवा उद्यमी, व्यवसायीको र्‍यालीमा सहभागिता रहेको थियो ।

पोखराको खहरे–हलनचोक, सहिदचोक, रत्नचोक, सृजना चोक, सभागृह चोक, बीपी चोक, महेन्द्र पूल, रानीपौवा, हस्पिटल चोक, अमरसिंह चोक, चाउथे चोक, मझेरी पाटन हुँदै र्‍याली हिमालयन गल्फ कोर्समा पुगेर टुंगिएको थियो ।

Dabur Nepal
NIC Asia

No description available.

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखराको खहरेबाट र्‍यालीको उद्घाटन गर्दै उनले पोखरालाई ग्रिन सिटी बनाउने आफूहरुको उद्देश्य रहेको बताए । बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले पोखराको पर्यटन प्रवद्र्धनका लागि आफूहरुले यो कार्यक्रम आयोजना गरेको बताए । 

No description available.

नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याउने उद्देश्यअनुरुप नियमितरुपमा सञ्चालन हुँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करणको पूर्वसन्ध्यामा पोखरामा साइकल र्‍याली आयोजना गरिएको थियो ।

पोखरामा शनिबार हुने यस प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीबाट पाहुना पोखरा आउने क्रम सुरु भएको छ ।

एनसेल प्रमुख प्रायोजक रहेको गल्फ प्रतियोगितामा गल्फ खेलाडीसहित करिब दुईसय पाहुना काठमाडौंसहित मुलुकका विभिन्न भागबाट पोखरा आइपुग्नेछन् ।

No description available.

गल्फरबाहेकका पाहुनाका लागि अल्ट्रालाइट, प्याराग्लाइडिङ, जीप फ्लाइङ, बन्जी जम्पिङ्, र्‍याफ्टिङ, क्यानोनिङ र डुंगा सयरको व्यवस्था गरिएको छ । 

एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ । 

अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स, र आईएमई रहेका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  ०९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu