![वाग्मतीद्वारा लुम्बिनीलाई २२१ रनको लक्ष्य](https://12khari.top/uploads/posts/2021-01-24_Khel.jpg)
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले लुम्बिनी प्रदेशलाई जितका लागि २२१ रनको लक्ष्य दिएको छ ।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वाग्मतीले ५० ओभरमा ९ विकेट गुमाएर २२० रन बनायो । वाग्मतीका लागि आदिल खान र इशान पाण्डेले अर्धशतकीय पारी खेले ।
८७ बल खेलेका आदिलले ५५ रन बनाउन सफल भए । त्यस्तै ५३ बल खेलेका इशानले ५१ रनको योगदान गरे ।
त्यस्तै आकाश थापाले ३९ रन बनाउँदा पृथु बास्कोटाले २९ रन बनाए ।
बलिङतर्फ लुम्बिनीका लागि देवेन्द्र रावलले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कृष्ण कार्की र सन्दीप सुनारले दुई–दुई विकेट लिए ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
आजको खेलमा वाग्मती चौथो जित निकाल्दै आफूलाई सेमिफाइनलमा पुगाउने योजनामा छ । वाग्मतीले यसअघि पुलिस, सुदूरपश्चिम र प्रदेश-२ लाई हराएको थियो ।