site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गणतन्त्रविरोधी क्रियाकलापको रक्षा सरकारले गरेको हो ? : जनार्दन शर्मा 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्माले सरकारले गणतन्त्रविरोधी क्रियाकलापको रक्षा गरेको आरोप लागेको भन्दै सो विषयमा छलफल गर्न माग गरेका छन् ।  केही दिनयता राजसंस्था पक्षधरहरुले गरिरहेको प्रदर्शनतर्फ लक्षित गर्दै उनले स्याथी कमिटीमा छलफलको माग गर्दै विशेष प्रस्ताव लगेका हुन् । 

गणतन्त्रका पक्षमा लडेकाहरुप्रति सरकार गरम र गणतन्त्रविरोधीप्रति नरम भएको जनताको आरोप रहेको शर्माले प्रस्तावमा उललेख गरेका छन् ।  यसले जनतामा ठूलो असन्तुष्टि देखिएकाले उनले नेकपा स्थायी कमिटीबाट  संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि प्रतिवद्धतासहित दृढ संकल्प गर्न माग गरेका छन् । 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णयबाट गणतन्त्रविरोधीहरु उत्साही बनेको र खुलेआम संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उभिएको पनि उनले प्रस्तावमा उल्लेख गरेका छन् ।  त्यस्तै, संघीयता पक्षधर सबै पार्टीहरुसँग छलफल गर्दै सरकारको कमीकमजोरी सच्याउँदै जनतामा देखिएको असन्तुष्टि सम्बोधन गर्नुपर्ने पनि शर्माले बताएका छन् । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro