site stats
बाह्रखरी :: Baahrakhari
विशेष
महोत्तरीमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराजको मृत्यु
Argakhachi Cement Island Ad

काठमाडौं । झडपका क्रममा महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपानेको मृत्यु भएको छ । हेलिकप्टरबाट काठमाडौं ल्याइएका न्यौपानेको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए ।

बर्दिबास नगरापालिका १ का ४२ वर्षीय न्यौपानेको तिघ्रामा गोली लागेको थियो ।

६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको थियो । प्रर्दशनमा १५ प्रहरी समेत घाइते भएका थिए । 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  ०८:२४
प्रतिक्रिया दिनुहोस्