site stats
बाह्रखरी :: Baahrakhari
विशेष
राजनीतिक निर्णयमा अदालत निरपेक्ष बस्‍नु नै उचित हुन्थ्यो : शंकर पोखरेल

काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ढिलै भए पनि सर्वोच्च अदालतले उपाध्यक्ष वामदेव गौतमलाई न्याय गरेको प्रतिक्रिया दिएका छन् ।

उपाध्यक्ष गौतममाथि परेको मुद्दामा आजै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुनपर्ने निर्णय गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पोखरेले गौतमलाई बधाई दिँदै राजनीतिक आन्दोलनमा खेलेको विशिष्ट योगदान र हासिल गरेको अनुभव पनि विज्ञता मान्नुपर्ने जिकिर गरेका छन् ।

“मन्त्रिपरिषदले गरेको राजनीतिक निर्णयमा अदालत निरपेक्ष बस्नु नै उचित हुन्थ्यो । ढिलै भए पनि सर्वोच्च अदालतले आफ्नो कमजोरी सच्चाएको छ । राजनीतिक आन्दोलनमा खेलेको विशिष्ट योगदान र हासिल गरेको अनुभव पनि विज्ञता नै हो । यस प्रश्नमा अनावश्यक विवाद सिर्जना गर्न खोजिएको थियो । बधाई छ कमरेड वामदेव गौतमलाई,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  १९:२७
प्रतिक्रिया दिनुहोस्