site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उपत्यकामा कहिलेसम्म कायम रहन्छ जोर-बिजोर प्रणाली ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपत्यकामा भदौ २५ गतेबाट सवारीसाधनमा जोर-बिजोर प्रणाली लागु छ । कोरोना महामारी नियन्त्रण गर्न भन्दै उपत्यकामा जोर-बिजोर प्रणाी लागु गरिएको हो ।

तर जोर-बिजोर प्रणाली लागु भएपछि उपत्यकामा कोरोना संक्रमणको अवस्था झन्‌पछि झन भयावह बन्दै गएको छ । जोर-बिजोर प्रणाली लागु भएको दुई महिना पुग्‍न लाग्दा पनि यसलाई व्यवस्थित गर्नेबारे कुनै तयारी थालिएको छैन ।

 महानगरीय ट्राफिक महाशाखाले दैनिक जोर-बिजोर उल्लंघन गरेको भन्दै सयौं सवारीसाधनमाथि कारबाही (होल्ड) गर्दै आएको छ । महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल आफूहरुले सरकार र प्रशासनले गरेको निर्णय कार्यान्वयन गरिरहेका बताउँछन् । उनले भने, “हामीले नियमअनुसार आफ्ना गतिविधि अगाडि बढाउँछौं । जोर-बिजोर लागु छ त्यसलाई कार्यान्वयन गर्ने हो ।”

Prabhu Bank
Agni Group
NIC Asia

उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जोर-बिजोर प्रणाली लागु गरेको थियो । जोर-बिजोर प्रणाली हटाएर जनजीवन सहज बनाउनुपर्ने माग सरकोरवालाले गर्दै आए पनि त्यसको सुनवाइ र त्यसबारे छलफल भएको छैन ।

एक उच्च सुरक्षा अधिकारीले भने, “जोर-बिजोरको औचित्य नै छैन । काठमाडौंमा कोरोना खोइ नियन्त्रणमा आएको ? थोरै मात्रै सवारी चल्दा उल्टै नागरिकलाई स्वास्थ्यको जोखिम छ । यतापट्टि प्रशासन गम्भीर बन्‍न जरुरी छ ।”

Global Ime bank

नेपाल प्रहरीका पूर्वडीआईजी पूर्णचन्द्र जोशी जोर-बिजोर प्रणालीबारे पुनर्विचार गर्नुपर्ने बेला भइसकेको बताउँछन् । नियम मात्रै थुपार्ने र जनताको जनजीवन सहज बनाउने उपाय नखोज्‍नु दुर्भाग्य भएको उनको बुझाइ छ । उनले भने, “धेरै हदसम्म नागरिक सचेत भइसकेका छन् । बिनाकाममा बस, ट्याक्सी चढ्न कसैलाई रहर हुँदैन । सडकमा निस्किनेहरु अधिकाशं काम परेर निस्किएका हुन् । जनजीवन कष्टकर बन्दै गएको छ । यसलाई हटाउनुपर्छ ।”

मोटरसाइकलमा समेत जोर-बिजोर नियम लागु भएपछि कतिपयलाई दैनिक कामकाजमा समेत बाधा पुगेको छ ।

उपत्यकाका दर्जनौं स्थानमा सर्वसाधारणले जोर-बिजोरका नाममा दुःख पाइरहेका छन् । अत्यावश्यक काममा जाँदा पनि प्रहरीले सवारी रोक्ने गरेको छ ।

जोर-बिजोरमा सबैभन्दा बढी प्रयोग गरिने सवारीसाधन मोटरसाइकल  हो । ट्राफिक प्रहरीले दैनिक सयौं मोटरसाइकललाई होल्ड पनि गर्दै आएको छ । तर सार्वजनिक सवारीसाधनमा जोर-बिजोर लागु गरिए पनि यात्रुको चाप भने खचाखच देख्‍न सकिन्छ ।

सार्वजनिक सवारीसाधनमा सामाजिक दूरीको पालना गरिएको छैन । सबै सिटमा यात्रु बसेका छन् ।

जोर-बिजोरमा सवारी चल्दा सीमित मात्रामा मात्रै सवारी चल्छन् । तर विभिन्‍न स्थानमा काम गर्न जानेहरुलाई गन्तव्यमा पुग्नैपर्ने बाध्यता छ ।

कामको  बाध्यताबीच यात्रु कोचिएरै भए पनि सार्वजनिक यातायात प्रयोग गर्न बाध्य छन् । बसभित्र यात्रु चाप बढी हुँदा कोरोनाको जोखिम बढेको नागरिकको प्रतिक्रिया छ । सबै सवारीसाधन चले यात्रुको चाप पनि कम हुने र जोखिम पनि कम यात्रुहरु बताउँछन् ।
-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  १०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !