site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 नेपालमै उत्पादित कोरोनाविरुद्धको औषधि परीक्षण सुरु
Tiktok banner adTiktok banner ad

काठमाडौं ।  नेपालमै पहिलो पटक कोभिड १९ विरुद्धको फाभिर २०० नामको औषधिको क्लिनिकल परीक्षण सुरु गरिएको छ । यो औषधि देउराली जनता फर्मास्युटिकल्सले उत्पादन गरेर क्लिनिकल परीक्षणका लागि उपलब्ध गराएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीका अनुसार यो औषधि कोरोना बिरामीमा क्लिनिकल परीक्षण सुरु भएको छ ।

“आवश्यक सबै प्रक्रिया पूरा गरेर काठमाडौं उपत्यकामा क्लिनिकल परिक्षण सुरु भइसकेको छ, आवश्यकता अनुसार काठमाडौं बाहिर पनि परिक्षणका लागि पठाउनेछौं,” उनले भने । 

कोरोना विरुद्ध प्रयोग हुने यो औषधि पहिलो पटक नेपालमै उत्पादन गरेर क्लिनिकल परीक्षणका लागि पठाएको औषधि निर्माता देउराली जनता फर्मास्यूटिकल्सका प्रबन्ध निर्देशक हरिभक्त शर्माले बताए । उद्योगले मुल केमिकल आयात गरेर नेपालमै विकास गरी फाभिर २०० ट्याबलेट उत्पादन गरेको र हाल यो औषधि कोभिड-१९ को अत्यावश्यक उपचार-प्रयोगको लागि स्वीकृति दिन कानुनी व्यवस्था नभएको भनि अनुसन्धान गर्नको लागि मात्र स्वीकृति प्राप्त भएको उनले बताए । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव ज्ञवालीका अनुसार यो औषधि कोरोना बिरामीमा पहिलो पटक क्लिनिकल परीक्षण सुरु गरिएको हो । “यो एन्टी फाइभर ड्रप हो । कोरोनाविरुद्धको प्रभावकारिता हेर्नको लागि प्रयोग गर्न लागिएको छ । इन्फ्लुएन्जाको लागि स्वीकृती भएको औषधि हो,” उनले भने । यो औषधि जापान, रुस, भारत, चीनमा प्रयोग भएको छ । नेपालमा पनि फ्ल्युको लागि प्रयोग गर्न औषधि व्यवस्था विभागले स्वीकृत दिइसकेको छ । “नेपालमा कोरोनाविरुद्ध प्रयोग गर्नको लागि परीक्षण गर्न मिल्ने भनेर परीक्षण सुरु गरिएको छ,” उनले भने, “पहिले ट्रायल गर्ने हो, त्यसपछि तथ्यले जे भन्छ, हामीले त्यही भन्छौं ।”

नेपालमा पहिलो पटक नेपालमै उत्पादित कम्पनीको क्लिनिकल ट्रायल परिषद्को नेतृत्वमा अगाडि बढेको उनले बताए । "यो औषधि कोरोना विरामीमा परीक्षण गर्न औषधि व्यवस्था विभागले अनुमती दिइसकेको छ," उनले भने । यदि क्लिनिकल परीक्षण गर्दा सफलता हात लागेमा कोरोना बिरामीलाई खान सस्तो, सजिलो पर्ने डा. ज्ञवालीले बताए । “अरुको भर गरेर हुँदैन नेपालमै क्लिनिकल परीक्षण गर्नुपर्छ भनेर परीक्षण अगाडि बढाएका छौं,” उनले भने । 

देउराली जनता फर्मास्यूटिकल्सका प्रबन्ध निर्देशक शर्माका अनुसार कम्पनीले स्वास्थ्य अनुसन्धान परिषद् र औषधि व्यवस्था विभागबाट स्वीकृति प्राप्त भए अनुसार यो औषधिको क्लिनिकल अनुसन्धानका लागि आवश्यक औषधि निःशुल्क उपलब्ध गराएको छ । “परिषद्ले तयार गरेको प्रोटोकल अनुसार कम्पनीले ३६ लाख बराबरको औषधि सामग्री अनुसन्धानका लागि निःशुल्क रुपमा प्रदान गरेको छ,” उनले भने । यो औषधि जापान, चीन, रुस, भारत, बंगलादेश, थाइल्याण्ड, इन्डोनेसिया, टर्कीलगायतका मुलुकहरुले कोभिड–१९ का बिरामीहरुमा परीक्षण पश्चात उपचारको लागि प्रयोग गरिरहेको शर्माले बताए ।  

बिरामीलाई पूरै निको बनाउन अधिकतम १४ दिनको लागि १२२ ट्याबलेटको डोज आवश्यक पर्ने र संक्रमणको सुरुदेखि पत्ता लागे थोरै दिनमा समेत रोग निको हुने विश्व मान्यताप्राप्त अनुसन्धानहरुको निष्कर्ष रहेको शर्माले बताए । १४ दिनको डोजका लागि १२ हजार रुपैयाँ पर्ने उनले बताए । “कोभिडका बिरामी बढिरहेको बेला यो औषधि प्रयोग गरिएमा रोगलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिने, धेरै बिरामीलाई आईसीयूमा बसाउनै नपर्ने अवस्था आउने र छोटो समयमै अस्पतालबाट निको बनाइ घर पठाउन सकिने देखिएको छ” शर्माले भने, “तर कानुनमा स्पष्टता नभएको भनि अनुसन्धान गर्नको लागि मात्र स्वीकृति प्राप्त भएको छ । त्यसैले यसको क्लिनिकल परीक्षण हुँदैछ, यसले सकारात्मक नतिजा दिने विश्वास गरेका छौं ।” 

डा. ज्ञवालीका अनुसार पहिलो दिनमा बिहान ९ र बेलुका ९ गरी पहिलो दिन १८ ट्याबलेट र दोस्रो दिनदेखि ४-४ वटा ट्याबलेट खानुपर्ने हुन्छ । क्लिनिकल परीक्षण सफल भए आवश्यक जति पनि औषधि उत्पादन गर्न सक्ने क्षमतामा कम्पनीको रहेको शर्माले बताए । 

४ सय ६६ जना कोरोना संक्रमितमा फाभिर २०० नामको औषधि क्लिनिकल परीक्षण गर्न लागिएको हो । क्लिनिकल परीक्षणका लागि टिचिङ अस्पताल, ग्रान्डी, शहिद गंगालाल अस्पतालसहित कोभिडको उपचार गराइरहेका काठमाडौं उपत्यकाका सबैजसो अस्पताललाई औषधि उपलब्ध गराइसकेको शर्माले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७  २२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro