site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा प्रत्येक दिन १८ जनाले गर्छन् आत्महत्या ! महिलाभन्दा पुरुष बढी
SkywellSkywell

काठमाडौं । नेपालमा प्रत्येक दिन १८ जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई वर्ष र चालु आर्थिक वर्षको साउन र भदौको तथ्याङ्‍क हेर्दा दैनिक औसतमा १८ जनाले आत्महत्या गर्ने गरेको पाइएको हो ।

आर्थिक वर्ष ०७५/७६ मा ५ हजार ७८५ जनाले आत्महत्या गरे । जसमा ३१ सय २३ पुरुष र २२ सय ३ महिला रहेको प्रहरी अभिलेखले देखाउँछ । यो समयको तथ्याङ्‍क विश्लेषण गर्दा दैनिक औसतमा १५ दशमलव ८४ अर्थात् १६ जनाले आत्महत्याबाट ज्यान गुमाएको देखिन्छ ।

KFC Island Ad
NIC Asia

आर्थिक वर्ष ०७६/७७ मा आत्महत्या गर्नेको संख्या बढेको देखिन्छ । यो अवधिमा ६ हजार २७९ जनाले आत्महत्या गरे । यो ०७५/७६ को तुलनामा ४९४ ले बढी थियो । यो वर्ष ३४ सय १९ पुरुष र २९ सय ९८ जना महिलाले आत्महत्या गरे । यसबाहेक अरु बालबालिका छन् । औसतमा भन्‍ने हो भने यो वर्ष प्रत्येक दिन १७ जना बढीले आत्महत्या गरेको पाइएको छ ।

चालु आर्थिक वर्षको दुई महिनाको आत्महत्याको तथ्याङ्‍क भने झनै डरलाग्दो छ । आत्महत्याको दर बढ्दो छ । गत साउनमा ७ सय ९ र भदौमा ६१२ जनाले आत्महत्या गरे । दुई महिनाको अवधिमा १३ सय २१ जनाले आत्महत्या गरे भने दैनिक औसतमा २२ जनाले आत्महत्याको बाटो रोजेको देखिन्छ । आत्महत्या गर्नेमा झुन्डिएर गर्नेहरु बढी छन् ।

Royal Enfield Island Ad

नेपाल विश्‍वमा बढी आत्महत्या गर्ने देशहरूमा शीर्ष १० भित्र पर्छ । पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्नुको पछाडि कोरोना महामारीले उत्पन्‍न गरेका कारणहरु पनि रहेको प्रहरी अधिकारीहरु बताउँछन् । व्यापारमा भएको घाटा, बैंकको ऋणलगायत कारण कतिपयले आत्महत्याको बाटो रोजेका छन् ।

तर धेरैजसो कारण भने प्रेममा धोका, मानसिक तनाव, पारिवारिक तनाव, बेरोजगारी, कमजोर आर्थिक अवस्था रहेको पाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro