site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सीमामा सधैं किन भइरहन्छ सुरक्षाकर्मीमाथि आक्रमण ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । गस्तीमा निस्किएका एकजना प्रहरी असई गोविन्द विक आइतबार कैलालीको जुगेडास्थित मोहना नदीमा मृत भेटिए । उनीसँगै गएका अर्का प्रहरी जवान रामबहादुर साउँद मंगलबार मृत भेटिए । उनीहरुको तस्कर समूहले हत्या गरेको खुलेको छ । हत्यामा संलग्‍न आठजना पक्राउ परेका छन् । अन्यको खोजी कार्य जारी छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी उत्तमराज सुवेदी तस्करी नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि आक्रमण भएको बताउँछन् । तर जस्तोसुकै चुनौतीमा पनि प्रहरी आफ्नो जिम्मेवारीबाट विमुख नहुने डीआईजी सुवेदीको तर्क छ ।

सीमामा खटिएका नेपाली सुरक्षाकर्मीमाथिको यो पहिलो आक्रमण भने होइन । नेपाल प्रहरीमाथि सीमामा आक्रमण कम भए पनि सशस्त्र प्रहरी बलको टोलीमाथि भने पटक-पटक आक्रमण हुँदै आएको छ । खासगरी सीमा सुरक्षा र अवैध सामान ओसारपसार रोक्ने काममा सशस्त्र प्रहरी परिचालन हुँदै आएको छ । सीमामा सुरक्षाकर्मीमाथीको आक्रमणमा तस्करकै संग्लनता बढी देखिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्याल बताउँछन् । उनले भने, “तस्करका अवैध काममा प्रहरीनै बाधक बन्ने हो । यस्तोमा उनीहरुको बाटोमा प्रहरी आउँदा आक्रमण गर्छन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

सशस्त्र प्रहरीमाथिका बढीजसो आक्रमणमा भारतीय तस्कर समूहको संलग्‍ननता पाइएको छ । यस्तोमा नेपाल-भारतका दुई देशका सुरक्षा अधिकारीबीच सम्वन्य र सूचना आदानप्रदान गर्ने संयन्त्र बन्न आवश्यक रहेको डीआईजी अर्याल बताउँछन् । 

साउन अन्तिम साता सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा सशस्त्र प्रहरीको टोलीमाथि भारतीय समूहले आक्रमण गरेको थियो । आक्रमणमा तीन प्रहरी घाइते भए । हतियार नै भारतीय समूहले लुटेपछि सशस्त्र प्रहरी बलको टोली गोली चलाउन बाध्य भएको थियो । सो क्रममा एकजना भारतीय तस्करको ज्यान गएको थियो ।

Global Ime bank

यसअघि सर्लाहीको फेनहारामा पनि भारतीय समूहले नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए । अवैध सामान ओसारपसार नपाएको निहुँमा उनीहरूले आक्रमण गरेको सुरक्षा सशस्त्रका अधिकारीहरु बताउँछन् ।

असई र जवान हत्या प्रकरण : थप एक आरोपी पक्राउ

२२ वैशाखमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका भुजहवास्थित सशस्त्र प्रहरीको स्थायी पोस्टमा आक्रमण भएको थियो । २५ जेठमा पनि नवलपरासीको प्रतापपुर गाउँपालिका ५, बसहिया चेकपोस्टमा सशस्त्र प्रहरीमाथि आक्रमण भयो । भारतीयको आक्रमणमा परेर ६ सशस्त्र प्रहरी घाइते भए । कतिपय घटनामा सशस्त्र प्रहरी बलको टोलीले हवाई फायर गर्नुपरेको थियो ।

भारतीय पक्षले सीमा सुरक्षामा पर्याप्त जनशक्ति र स्रोतसाधनको परिचालन गर्दै आएको छ । तर नेपाली पक्षसंग पर्याप्त जनशक्ति र स्रोत-साधनको कमी छ । स्रोतसाधन र जनशक्ति बढी भएमा सीमामा हुने अपराधमा कमी आउने सुरक्षा अधिकारीको दाबी छ ।

कुनै पनि देशका लागि सीमा सुरक्षा संवेदनशील र सुरक्षाका हिसाबले पनि महत्त्वपूर्ण विषय हो । भारतीय पक्षबाट नेपाली सुरक्षाकर्मीमाथि आक्रमण भए पनि नेपाली पक्षबाट भने भारतीय सुरक्षाकर्मीमाथि त्यस्ता प्रकारका कुनै घटना भएका छैनन् ।

कोरोना महामारीसँगै सुरक्षाकर्मीमाथि सीमामा आक्रमण बढेपछि तस्कर समूहबाट आक्रमण हुनसक्ने स्थानको पहिचान गरी जनशक्ति थप, गस्ती, जाँचलगायत कुरालाई प्रभावकारी बनाइएको छ । नेपाल-भारत खुला सीमा भएकाले पनि कतिपय अवस्थामा व्यवहारिक कठिनाइ पनि पाइएको छ ।

-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  ११:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !