site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
असई र जवान हत्या प्रकरण : थप एक आरोपी पक्राउ
SkywellSkywell

काठमाडौं । कैलालीमा नेपाल प्रहरीका असई गोविन्द विक र जवान रामबहादुर साउँदको हत्यामा संलग्‍न आरोपमा थप एकजना पक्राउ परेका छन् । प्रहरीको विशेष टोलीले गएराति कैलालीको जुगेडाबाट रोहित राना (ख) लाई पक्राउ गरेको हो ।

यसअघि हत्या आरोपमा प्रहरीले सात जनालाई अभियुक्तका रुपमा सार्वजनिक गरिसकेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको हो ।

KFC Island Ad
NIC Asia

यसअघि प्रहरीले सार्वजनिक गरेका आरोपीमा धनगढी उप-महानगरपालिका १० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल राना थिए ।

शनिबार साँझ गस्तीमा निस्किएका कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद मृत फेला परेका थिए । उनीहरुमाथि तस्कर समूहले आक्रमण गरेको खुलेको छ ।

Royal Enfield Island Ad

अवैध समानहरुको तस्करी गरी रहेका तस्करहरुको समूहलाई रोक्ने एवं नियन्त्रणमा लिने क्रममा तस्करहरुको समूहले योजनाबद्ध रुपमा धारिलो हतियारले प्रहार गरी दुवैजनाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा मोहना नदीबाट तस्करले केराउ निकासी गर्न खोजेका थिए । सोही समूहलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  ०९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro