site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘दुई राष्ट्रसेवक जो गस्तीबाट फर्किएनन्, तस्करको सिकार बने’
Sarbottam CementSarbottam Cement

काठमाडौं । धनगढीको जुगेडामा रहेको प्रहरी अस्थायी प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद सीमा क्षेत्रको गस्तीमा शनिबार बेलुकी निस्किए । साँझ ८ बजे बा.५८प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका अबेरसम्म फर्किएनन् ।

उनीहरुको मोबाइलमा पनि सम्पर्क हुन छाड्यो । आइतबार बिहानसम्म पनि उनीहरुबारे कुनै खबर नआएपछि प्रहरी टोली उनीहरु गएको भनिएको स्थान अर्थात् मोहना नदीकिनार पुग्यो । नजिकै उनीहरुले प्रयोग गरेको मोटरसाइकल बेवारिसे अवस्थामा भेटियो । उनीहरु भेटिएनन् । प्रहरी अधिकारीको मनमा शंका उत्पन्‍न हुन थाल्यो ।

एकैछिनपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी उत्तमराज सुवेदी आफै त्यहाँ पुगे । मोटरसाइकल भेटिएको क्षेत्रवरपर फुटेको मोबाइल र प्रहरी जवान साउँदको एउटा जुत्ता भेटियो । त्यसपछि प्रहरी अधिकारीले मुडभेडको आशंका गरे । नभन्दै केही पर मोहना नदीमा एउटा शव भेटियो । पानीमा शव भएकाले सुरुमा प्रहरीलाई पहिचान गर्न गाह्रो भयो । आवश्यक कानुनी प्रक्रियापछि शव निकाल्दा सो शव असई गोविन्द विकको भएको खुल्यो । उनको घाँटी रेटेको पाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर प्रहरी जवान साउँदको अवस्था अज्ञात थियो । साउँद नभेटिएकाले आफन्तले उनी जीवितै रहेको झिनो आश गरेका थिए । प्रहरी अधिकारी पनि भन्थे, “कतै घाइते अवस्थामा बेहोस भएर त लडेको छैन ?”

आइतबारबाट लगातार साउँदको खोजीमा प्रहरी जुट्यो । मंगलबार बिहान साउँद भेटिए तर जीवित होइन, मृत अवस्थामा मोहना नदीमै । अहिले विक र साउँदका परिवारसँगै प्रहरी संगठन पनि शोकमा छ ।

Global Ime bank

प्रहरीले हत्यामा संलग्‍न केहीलाई पक्राउ गरेको छ । पक्राउ परेकैहरुले प्रहरीसामु आफूले तस्करी गर्न नपाउँदा विक र साउँदको हत्या गरेको बताएका थिए । उनीहरुले नै साउँदको शव फालेको स्थान देखाएपछि प्रहरीले आज शव फेला पारेको हो । ०६७ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका साउँदकी २ छोरी र श्रीमती छन् ।

हत्यामा संग्लन एक अभियुक्तको साबिति बयानलाई उद्धृत गर्दै प्रहरीका एक अधिकारीले बाह्रखरीसँग भने, “हामीले नेपालबाट सामान भारत तस्करी गर्ने क्रममा प्रहरीले अवरोध गरे । अवरोध गरेपछि सुरुमा प्रहरी जवान साउँदमाथि आक्रमण गर्‍यौँ । घेरा हालेर असईमाथि आक्रमण गर्‍यौँ । सुरुमा जवानको हत्या गर्‍यौँ । उनलाई मोहना नदीमा फाल्यौं । त्यसपछि असईको पनि हत्या गरेर मोहनामै फालेका हौं ।”

उनीहरुका अनुसार असई विकको टोलीले सामानसहित उनीहरुलाई पक्राउ गरेर चौकी लैजान खोजेको थियो । त्यही क्रममा पछाडिबाट घेरा हालेर उनीहरुमाथि तस्कर समूहले आक्रमण गरेको थियो । तस्कर समूहले नेपालबाट अवैध सामान भारत निकासी गर्न लागेको थियो । असई विककै टोलीले केही दिनअघि सो क्षेत्रबाट सुर्तीजन्य पदार्थ पनि बरामद गरेको थियो ।

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले अभियुक्तको नजिक पुगिसकेको छिटै सबै अभियुक्तलाई सार्वजनिक गरिने बताए । मोहना नदीले नेपाल-भारतको सीमा छुट्याएको छ । वितगमा पनि नेपालमा अपराध गरेर भारतमा लुक्ने र भारतमा अपराध गरेर नेपाल पस्ने गरेको पाइएको प्रहरी अधिकारीहरु बताउँछन् ।

असईसँगै गस्ती गएका प्रहरी जवान साउँद पनि मोहना नदीमा मृत भेटिए

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  ११:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !