site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ज्यानको माया नगरी ‘फ्रन्ट लाइन’मा खटिए, पाएनन् ७ महिनासम्म जोखिम भत्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना महामारीको सात महिनासम्म पनि फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीले जोखिम भत्ता पाउन नसक्दा उनीहरुमा निराशा बढ्दै गएको छ । सरकारले आफैंले गरेको निर्णय कार्यान्वयन नगर्दा सुरक्षाकर्मीहरुले जोखिम भत्ता पाउन नसकेका हुन् । कार्यबोझ विगतको तुलनामा बढी र महामारीको जोखिममा समेत परेका सुरक्षाकर्मीहरुले भत्ता पाउन नसक्दा निराशा बढ्दै गएको उच्च सुरक्षा अधिकारीहरु बताउँछन् ।

नेपाल प्रहरी, सशस्‍त्र प्रहरी बल र नेपाली सेनाले आवश्यक सम्पूर्ण विवरण बुझाइसक्दा पनि जोखिम भत्ता पाउन सकेका छैनन् । एक उच्च सुरक्षा अधिकारीले भने, “सरकारी निर्णयविरुद्ध कसरी बोल्नु तर आश देखाएर सात महिनासम्म भत्ता नदिनु भनेको दुखद हो । महामारीमा जिम्मेवारी बढेको छ । खाने-बस्‍ने ठेगान छैन । अब त सरकारले भत्ता दिने आश पनि कम हुँदै गएको छ ।”

सरकारले चैत ११ गतेबाटै लागु हुने गरी संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापन र प्रतिकार्य योजना लागु गर्न खटिने राष्ट्रसेवकलाई भत्ता दिने निर्णय गरेको थियो । हालसम्म नौ हजारको हाराहारीमा सुरक्षाकर्मी आफैं संक्रमित भइसकेका छन् । संक्रमणको उच्च जोखिममा रहेर काम गर्दासमेत समयमै भत्ता नपाएपछि उनीहरुमा निराशा बढ्दै गएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सेना, सशस्‍त्र र नेपाल प्रहरीले अग्रभागमा खटिने मातहत कर्मचारीको विवरणसहित भत्ता उपलब्ध पत्र पठाएको महिनौं बितिसकेको छ । सुरक्षा अधिकारीका अनुसार अर्थ मन्त्रालयले रकम निकासा नगर्दा उनीहरु भत्ता पाउन नसकेका हुन् । मन्त्रिपरिषद्‍ले दैनिक तीन सय रुपैयाँदेखि जोखिमको अवस्था हेरेर बराबरकै रकम जोखिम भत्तास्वरुप दिने निर्णय गरेको थियो ।

कोरोनाविरुद्धका योजनामा सेना, सशस्‍त्र र नेपाल प्रहरी गरी ९० हजारको हाराहारीमा जनशक्ति परिचालित छ ।

Global Ime bank

एक अधिकारीले भने, “ज्यानको माया मारेर जोखिममा खटिनेहरुको मनोबल खस्कँदो छ । भित्रकै साथीभाइ दैनिक संक्रमित भइरहेका छन् । भत्ता पाए कम्तीमा गतिलो खाजा त खान पुग्थ्यो । सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुपर्ने बेला भत्तासमेत नपाउनु राम्रो होइन ।”

प्रहरी प्रधान कार्यालयले ५१ हजारको विवरण भत्ताका लागि पठाएको छ । कोरोना जोखिमको मारमा अन्य सुरक्षा निकायभन्दा नेपाल प्रहरी नै बढी परेको देखिन्छ । हालसम्म पाँच हजार प्रहरी कोरोना संक्रमित भइसकेका छन् । सेनाले जोखिम भत्ताबापत सरकारले तोकेको मापदण्डकै आधारमा आठ हजारको हाराहारीमा विवरण पठाएको छ । सेनामा पनि २२ सय बढी कोरोना संक्रमित छन् । सेनाका दुईजना जवानको कोरोना संक्रमणकै कारण ज्यानसमेत गइसकेको छ ।

सेनाको भत्ता पाउने सूचीमा सैनिक स्वास्थ्यकर्मी पनि छन् । प्रतिकार्य योजनाअन्तर्गत दैनिक २१ हजार सैनिक जनशक्ति परिचालन छ । सेनाले सचेतना फैलाउने, यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउन सहयोग गर्ने, विभिन्‍न स्थानमा हेल्थ डेस्कमा रहेर काम गर्दै आएका छन् । संक्रमितको शव व्यवस्थापन सेनाले नै गर्दै आएको छ । सशस्‍त्र प्रहरीले पनि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा ‘फ्रन्ट लाइन’मा खटिँदै आएका ३१ हजारको विवरण मन्त्रालयमा पठाइसकेको छ ।

सशस्‍त्रको ठूलो जनशक्ति सीमा सुरक्षा, विपत् व्यवस्थापन, उपचारलगायतमा परिचालित छ । सशस्‍त्रमा पनि १४ सय बढी हाराहारीमा कोरोना संक्रमित छन् ।

-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !