site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा फेरि लकडाउन होला ? प्रजिअ भन्छन्- मापदण्ड नमान्‍नेलाई थुन्छौं
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ बनिसकेको छ । दैनिक सयौं संक्रमित थपिने क्रम जारी छ । देशका अन्य क्षेत्रमा संक्रमितको संख्या घट्ने/बढ्ने भइरहे पनि काठमाडौंमा भने निरन्तर संक्रमितको संख्या उकालो लाग्दो छ ।

मृत्युदर पनि काठमाडौंमै बढी देखिएको छ । लाखौं जनसंख्या रहेको उपत्यकामा कोरोना नियन्त्रणबाहिर जानसक्ने कतिपयको दाबी छ । अस्पतालमा आईसीयू सेवा पाउन मुस्किल बन्दै गएको छ । यस्तोमा सरकारले काठमाडौं उपत्यकामा फेरि लकडाउनको घोषणा त गर्दैन ? भन्‍ने जिज्ञासा र लकडाउनको त्रास मानिसमा देखिन्छ । स्वास्थ्य मन्त्रालयले उपत्यकामा १५ दिनजति लकडाउन गर्नुपर्ने मत राख्दै आएको अधिकारीहरु बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहाल लकडाउनबारे छलफल नभए पनि उपत्यकामा कडाइ गरिने बताउँछन् । उनले बाह्रखरीसँग भने, “खुलेका क्षेत्रमा पनि स्वास्थ्य मापदण्ड पालना गरेको पाइएको छैन । यहाँसम्म कि स्कुलसमेत खुलेको सूचना छ । सरकारले स्कुल खोल्ने निर्णय गरेको छैन । नियम अटेरी गर्नेलाई थुनेरै कारबाही गर्छौं ।”

कोरोनाविरुद्धको लडाइँ सबैको साझा भएको बताउँदै महामारीलाई हलुका रुपमा लिन नहुने दाहालको तर्क छ । प्रशासनिक रुपमा नियन्त्रणमा आफूहरुले गर्नुपर्ने भूमिका निर्वाह गरिरहेको उनले बताए । यसअघि जोखिम बढ्दै जाँदा गत भदौ ४ देखि भदौ २५ गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना नियन्त्रण हुने भन्दै निषेधाज्ञा जारी गरिए पनि त्यसयता कोरोना उपत्यकामा झन् भयावह बन्दै गएको छ । जोर-बिजोरमा यातायत सञ्चालनमा छन् । दसैंलगायत चाडपर्व नजिकिँदै गर्दा उपत्यकामा संक्रमणको दर निकै बढ्नसक्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।

Global Ime bank

प्रमुख जिल्ला अधिकारी दाहालले भने, “चाडपर्वका नाममा स्वास्थ्य मापदण्ड पालना नगर्नेविरुद्ध अब कठोर नै बन्ने हो । चाडपर्वका नाममा मनोरञ्जन गर्ने, सरकारले जारी गरेका नियम मिच्ने काम गर्नेहरुविरुद्ध अब हामी केन्द्रित हुन्छौं । अहिलेसम्म आग्रह गर्‍यौं अब कानुनको प्रभावकारी कार्यान्वयन गर्छौं ।”

सरकारले लकडाउन खुला गरेसँगै तराईलगातय अन्य स्थानबाट पनि काठमाडौं प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । सरकारी अधिकारी बाहिरबाट आउनेहरुका कारण काठमाडौंमा कोरोना जोखिम बढेको दाबी गर्दै आएका छन् । पछिल्लो समय उपत्यका भित्रिने र बाहिरिने संख्या औसतमा बराबरी छ ।

काठमाडौं प्रशासनमा अत्यावश्यकबाहेकका सेवा स्थगित

असोज १ देखि सरकारले लामो दूरीको बस सेवा सञ्चालनको अनुमति काठमाडौं भित्रिने र बाहिरिने संख्या बढेको हो ।

त्यसो त उपत्यकामा कोरोनाले भयावह रुप लिनुमा सरकारको फितलो रणनीति र कमजोर व्यवस्थापन भएको आरोप पनि लाग्दै आएको छ । संघीय सरकारले राजधानीमा कोरोना व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न नसकेको आरोप लाग्दै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  ११:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !