site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दसैंमा प्रहरीले बिदा नपाउने, देशभर सुरक्षा सतर्कता बढाइयो
Sarbottam CementSarbottam Cement

काठमाडौं । यसपालि प्रहरीले दसैंमा बिदा नपाउने भएका छन् । कोरोना भाइरसविरुद्धको अभियान र शान्ति सुरक्षामा परिचालन हुनुपर्ने भएकाले प्रहरीले दसैं बिदा नपाउने भएका हुन् ।

तर सुत्केरी, किरीयालगायत अत्यावश्यक बिदा भने पाउनेछन् । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले यसअघि पनि दसैंमा बिदामा कडाइ गरिँदै आएको बताए । तर पछिल्लो समय कोरोना भाइरसको जोखिमसमेत बढेको र विगतको तुलनामा सक्रियतासमेत बढाउनुपर्ने भएपछि अत्यावश्यकबाहेक बिदामा रोक लगाइएको छ । प्रहरीमा ७९ हजारको दरबन्दी कायम भए पनि १२ हजार बढी दरबन्दी रिक्त छ ।

शान्ति सुरक्षा र अपराध अनुसन्धानमा सक्रिय रहने प्रहरीमा सुरक्षा संगठनकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित छन् । प्रहरीमा हालसम्म ४८ सयको हाराहारीमा कोरोना संक्रमित पुगिसकेका छन् । त्यसैले पनि प्रहरीलाई विगतको तुलनामा भार बढेको हो । संक्रमण देखिएका प्रहरी डिस्चार्ज भएपछि थप एक साताको आरामपछि मात्रै काममा फर्किने गरेका छन् । सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामै देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रवक्ता कडायतले भने, “दसैंलगायत चाडपर्वमा प्रहरी सक्रियता बढी चाहिन्छ । अन्य समयभन्दा जाँचलगायत काम पनि बढी हुन्छन् । उपत्यकाको हकमा भन्‍ने हो भने धेरैजसो मानिस घर छाडेर दसैं मनाउन गाउँ जान्छन् । यस्तोमा चोरीलगायतका अपराधिक घटना बढी हुने सम्भावना रहन्छ । त्यसैले हाम्रो सक्रियता र जनशक्ति परिचालन पनि बढी हुन्छ ।”

प्रवक्ता कडायतका अनुसार देशभरकै सुरक्षा सतर्कता बढाइएको छ । चाडपर्वको समयमा चोरी, लुटपाटलगायत घटना बढी हुने गरेको प्रहरी तथ्याङ्‍कले देखाउँछ ।

Global Ime bank

नियमित परिचालित भएको जनशक्तिसँगै रिजर्भ फोर्सलाई समेत परिचालन गरिएको कडायतले बताए ।

प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिने क्रम जारी रहेकाले पनि बिदा छाड्दा शान्ति सुरक्षालगायत काममा असर पर्नसक्ने प्रहरी प्रधान कार्यालयको बुझाइ छ । अन्य क्षेत्रको तुलनामा उपत्यकामा सुरक्षा सक्रियतासमेत बढाइएको छ । 

नाकामा कुकुरबाट जाँचदेखि सादा पोसाकका प्रहरीको परिचालन बढाइएको छ । बसपार्क र बढी भिड हुने स्थानमा समेत प्रहरी सक्रियता बढाइएको छ । प्रहरीले कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ, क्‍वारेन्टिनलगायतको सुरक्षामा समेत खटिँदै आएको छ । 

-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय