site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विपन्‍न छात्रालाई शैक्षिक पहुँच पुर्‍याउन साइकल वितरण 
Sarbottam CementSarbottam Cement

चितवन । भरतपुर महानगरपालिकाले पश्चिम चितवनका ५ वटा वडाका १७ विद्यालयका १३५ जना विद्यार्थीलाई साइकल वितरण गरेको छ ।

जोखिममा परेका ‘महिलासँग मेयर कार्यक्रम ’ अन्तर्गत विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक पहुँच  लागि विपन्‍न छात्रालाई मंगलबार साइकल हस्तान्तरण गरिएको हो । महानगरको अघिल्लो आर्थिक वर्षको योजनाअन्तर्गत साइकल हस्तान्तरण गरिएको महानगरले जानकारी दिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कोभिड-१९का कारण अघिल्लो आर्थिक वर्षमा साइकल हस्तान्तरण गर्न नसकिएकाले यसपटक साइकल हस्तान्तरण गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् । भरतपुर महानगरपालिका वडा नम्बर २२ को  आधारभुत विद्यालयमा आयोजित कार्यक्रम साइकल वितरण गरिएको थियो । प्रमुख दाहालले ५ वटा वडाका १७ वटा विद्यालयका १३५ जना विपन्‍न परिवारका छात्राहरुलाई साइकल वितरण गरेकी हुन् । पहिलो चरणमा प्रति वडा २७ वटा साइकलका दरले महानगरका १३, १४, २२, २३, २४ नम्बर वडाका विद्यार्थीलाई साइकल वितरण गरिएको उनले जानकारी दिइन् ।

महानगरले १२ वटा वडाका कुल ३३० जना छात्रालाई साइकल वितरण गर्ने योजना रहेको जनाएको छ । बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने मेयर दाहालले बताइन् । 

Global Ime bank

साइकल पाएपछि छात्राहरु प्रफुल्लित देखिन्थे । श्री शक्ति आधारभुत विद्यालय राधापुरमा कक्षा ८ मा पढ्ने विद्यार्थी सोनी अधिकारीले घरबाट स्कुल जाँदा धेरै किताब बोकेर जार्नु पर्ने, घरमा काम गरेर जाँदा ढिला पनि हुने हुँदा अब भने साइकल भएपछि बेलैमा विद्यालय जान सजिलो हुने बताइन् । साइकल पाएपछि पठनपाठनमा पनि निकै सहज हुने र निश्चित समयमा विद्यालय पुग्न सकिने उनको भनाई थियो । 

प्रमुख दाहालले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन चाँडै नै ल्याप्टप वितरण गर्ने तयारी थालेको जानकारी दिइन् । सबै विद्यालयहरुमा इन्टरनेटको प्रबन्ध यही वर्षमा गरिने उनको भनाइ छ । साथै महानगरभित्रका सरकारी विद्यालयहरुको शैक्षिकस्तर विकासका लागि भौतिक संरचना सुधारका लागि १२३ वटा सामुदायिक विद्यालयमध्ये ६० वटा विद्यालयको काम भइरहेको उनले जानकारी दिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !