अर्थ व्यवसाय

काठमाडौं । असोज ५ देखि खुलेको आन्तरिक विमानस्थलतर्फ यात्रुको संख्या न्यून देखिन्छ । नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बरसम्म २५ प्रतिशत मात्रै उडान तालिका सार्वजनिक गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ यात्रुहरूको संख्या न्यून देखिएको छ ।
तीन दिनदेखिको झरीका कारण पनि यात्रुको संख्यामा कमी आएको हुन सक्ने एयरलाइन्सका कर्मचारी बताउँछन् ।
प्राधिकरणको तालिकाअनुसार आन्तरिकतर्फ दैनिक ६२ उडान तथा अवतरण हुँदै आएको विमानस्थल कार्यालयले जनाएको छ । हेरौं आन्तरिकतर्फको यात्रु आगमन कक्ष क्षेत्रको सुनसान अवस्थाका थप तस्बिर :
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७ १५:२७
प्रतिक्रिया दिनुहोस्