site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसमा ७२ जिल्लाको समायोजन सम्पन्न, पाँच जिल्ला बाँकी 

काठमाडौं । नेपाली काग्रेसले थप छ जिल्लामा पार्टीका आन्तरिक संरचना समायोजन सम्पन्न गरेको छ । कांग्रेसले बाँकी रहेका ११ जिल्ला मध्ये थप छ जिल्लामा पार्टीका आन्तरिक संरचनाहरु समायोजन गरेको हो । केन्द्रीय निर्वाचन समिति संयोजक राधेश्याम अधिकारीले समायोजन हुन बाँकी रहेका प्रदेश नम्बर २ का आठ जिल्ला र मुस्ताङ, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमध्ये छ जिल्लामा समायोजनको काम सम्पन्न भएको जानकारी दिए ।

उनकाअनुसार अब सिरहा, सप्तरी, धनुषा, बारा र सिन्धुपाल्चोकमा आन्तरिक संरचना समायोजनको काम बाँकी छ । निर्वाचन समिति संयोजक अधिकारीले बाँकी रहेका पाँच जिल्लामध्ये धनुषाको पनि समायोजन सम्पन्न भएर समितिले अध्ययन गरिरहेको जानकारी दिए ।

“७२ जिल्लाको समायोजन सकिसकेका छौं । अब पाँच जिल्लाको बाँकी छ,” उनले बाह्रखरीसँग भने, “सिरहा, सप्तरी, धनुषा, बारा, सिन्धुपाल्चोक बाँकी हो । त्यसमा धनुषाको आइसकेको छ, समितिले अध्ययन गर्दैछ ।”

गत असार २२ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको अन्तिम मिति यथावत राखेर अन्य तल्ला तहको अधिवेशन तालिका परिमार्जन गरेको थियो । जसअनुसार पार्टीका आन्तरिक संरचना समायोजन, क्रियाशिल सदस्यता वितरणको समयावधि पनि परिमार्जन भएको थियो । नयाँ कार्यतालिकाअनुसार कांग्रेसले समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नु पर्ने अन्तिम अवधि साउन १० गते तोकेको थियो । कार्यतालिकाअनुसार कार्यसम्पादन नहुनुलाई कांग्रेसले कोभिड–१९ को महामारीलाई देखाउँदै आएको छ ।

कार्यतालिकाअनुसार पार्टीका आन्तरिक संरचनाहरु समायोजन हुन नसक्दा क्रियाशील सदस्यता नवीकरण र वितरणको काम पनि रोकिएको छ । जसले महाधिवेशन कार्यतालिकानै प्रभावित बनेको छ ।   केन्द्रीय कार्यसमिति बैठकले विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि असार २५ देखि साउन मसान्तसम्म निर्धारण गरेको थियो ।  

कोभिड–१९ महामारीका कारण पूर्वनिर्धारित समयावधिभित्र समायोजन र क्रियाशील सदस्यता नवीकरण तथा वितरण गर्न नसकिएका कारण कांग्रेसका नेताहरु पछि परिमार्जन गरिएको महाधिवेशन कार्यतालिकालाई पुनःसंशोधन गर्नुपर्ने बताउँदै आएका छन् । परिमार्जित कार्यतालिकालाई पुनः सशोधन गर्नुपर्ने धारणा राख्नेमा संस्थापन पक्षीयदेखि सिटौला समूहका नेताहरु रहेका छन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहमा रहेका नेताहरु पनि अहिलेकै कार्यतालिकाअनुसार १४ औं महाधिवेशन सम्भव नभएको धारणाहरु राख्दै आएका छन् ।

तर, वरिष्ठ नेता पौडेल भने बाँकी रहेका पाँच महिनाको अवधिलाई सदुपयोग गरी समयमा महाधिवेशन सम्पन्न गर्न सकिने दाबी गरिरहेका छन् । विधानअनुसार फागुनमा पार्टीको अधिवेशन गर्न नसके वर्तमान कार्यसमिति कायम रहन सक्ने आधारसमेत समाप्त हुने उनको भनाइ छ । आशन्न १४ औं महाधिवेशनको तयारीका बारेमा छलफल गर्न कांग्रेसले असोज १९ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । केन्द्रीय कार्यसमितिको बैठक असोज १९ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  ११:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro