site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सरकारविरुद्धको प्रदर्शन रोक्न जोरबिजोरको सास्ती !
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा जोर–बिजोर लागु छ । लकडाउन हटेको समयमा पनि उपत्यकामा जोखिम बढेको भन्दै जोर–बिजोर प्रणाली लागु गरियो । जोर बिजोर न त प्रहरीले कडाइका साथ हेरेको छ न त चालकले सहजरुपमा सञ्चालन गर्न पाएका छन् ।

ठूला सवारीसाधनको हकमा जोर–बिजोर प्रणाली कायम गरेर भिडभाड कम गर्ने प्रयास भएको सरकारी अधिकारीले बताउने गरे पनि मोटरसाइकललाई समेत किन जोर बिजोर प्रणाली लागु गरिएको हो भन्नेबारेमा उनीहरु बताउन चाहँदैनन् ।

पछिल्लो समय प्रधानमन्त्री केपी ओली र उनी नेतृत्वको सरकारविरुद्धको प्रर्दशन कुनै न कुनै रुपमा काठमाडौंमा केन्द्रित छ  । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैले पनि उपत्यकामा मोटरसाइकलमा जोर–बिजोर प्रणाली यथावत राखिएको सुरक्षा निकायकै उच्च अधिकारीले बाह्रखरीसँगको कुराकानीमा बताए ।

बाह्रखरीसँग कुरा गर्दै उनले भने, “मोटरसाइकल सार्वजनिक सवारी होइन । यात्रु बोक्दैनन् । यो आम मानिसका लागि अनिवार्यजस्तै छ । कामै नपरी डुल्न कोही निस्कदैन । अहिले कार्यालय पनि सबै खुलेका छन् । कार्यालयमा जानेहरु धेरैजसो मोटरसाइकलमै यात्रा गर्छन् तर मोटरसाइकललाई रोकिएको छ । अहिले

Global Ime bank

मोटरसाइकलमा जोर बिजोर प्रणाली लागु गर्नुको कुनै औचित्य देखिँदैन । केबल विरोध प्रदर्शनमा सहभागी हुनका लागि आउनेहरु बढ्न सक्ने आकलन गरेर रोकिएको छ ।” पूर्वप्रहरी अधिकारीहरु पनि मोटरसाइकललाई जोर–बिजोर प्रणालीमा बाँधिरहनुको अर्थ नभएको बताउँछन् ।

ती अधिकारी भन्छन्,“कोरोना रोक्ने उपाय भनेको सवारी रोक्नुमात्रै हो र ? अरु उपाय छन् नि ! यस्तो जोखिममा अनावश्यक रुपमा को बाहिर निस्कन्छ र ? यसबारे सरकार गम्भीर बन्नैपर्छ ।”

सरकारी दाबीअनुसार जोर–बिजोर प्रणालीले सडकमा सवारी चाप घटाउँछ । तर सरकारी अधिकारीले दाबी जेसुकै गरे पनि सरकारविरुद्धकै प्रर्दशन रोक्नका लागि भएको प्रहरीका उच्च अधिकारी बताउँछन् । केही दिनअघि माइतीघर मण्डलमा कुलमान घिसिङको पुनर्नियुक्तिका लागि सडकमा निस्किएका युवामाथि समेत प्रहरीले दमन गरेको थियो । 

एक स्थानबाट अर्को स्थानसम्म जानका लागि युवाहरुले मोटरसाइकल नै प्रयोग गर्ने भएकाले रणनीतिअनुसार नै मोटरसाइकलमा जोर–बिजोर नियम लागु गरिएको हो । पछिल्लो समय सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आफूलाई मन नपरेको कुरामा युवाहरुले स्वतःस्र्फुत रुपमा माइतीघरमा प्रर्दशन गर्दै आएका छन् । 

मोटरसाइकलमा चढेर युवाहरु प्रर्दशनमा आउने क्रम देखेर नै मोटरसाइकललाई पनि जोर–बिजोर यथावत राखिएको हो ।
फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय