गजल १
फेरिएछ कि क्याहो मेरो किस्मत पनि
फूल लिई आयो आज दुश्मन पनि ।
प्यास लाग्दा पानी र भोक लाग्दा भोजन दिने
हिजो अस्ति टाढा थिए ती स्वजन पनि ।
अभाव हुनुको पनि पीडाभित्र मजा हुन्छ
उत्सव मनाउँदै छ जिन्दगी त्यो निर्धन पनि ।
फेरिन्छन् ऋतुहरू र यामहरू फेरिन्छन्
रोकिँदैन तर सृष्टिको परिवर्तन पनि ।
ईश्वर दाहिना भए चिताएको पुग्छ भन्छन्
फर्किन्छ कि के हो प्रकट फेरि बच्पन पनि ।
० ० ०
गजल २
आउँदै त छैन आँधी प्रकट छ सन्नाटामा
लक्ष्मण रेखालाई नाघी प्रकट छ सन्नाटामा ।
मान्छे निले झैँ खोला आलाप गरिरहेछ
प¥यो कि जालमा माझी प्रकट छ सन्नाटामा ।
आफ्नो र अर्को चिन्ने सायद यही हो बेला
पराइ हुँदै छन् साथी प्रकट छ सन्नाटामा ।
खुल्दैन ढोका उन्को मन्को पलेटा बन्द
कस्ले लुकायो चापी प्रकट छ सन्नाटामा ।
सुन्छु फक्र्यो र कृष्ण सम्झी फेरि मथुरा
‘अन्ना’ बनिन् कि राधी प्रकट छ सन्नाटामा ।
(बाटुलेचौर, पोखरा)