site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
होटल सञ्चालिकाको चक्कु प्रहारबाट हवल्दार घाइते
Sarbottam CementSarbottam Cement

दाङ । होटल सञ्चालिकाको चक्कु प्रहारवाट दाङमा प्रहरी हवल्दार घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी हवल्दार ४० वर्षीय खड्गबहादुर खत्री होटल सञ्चालिकाको चक्कु प्रहारबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

टाउको र शरीरका विभिन्न ठाउँमा चक्कुको चोट लागेका प्रहरी हवल्दार खत्री राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि घर फर्किसकेको प्रहरी उपरीक्षक गणेश चन्दले बताए ।   प्रहरीका अनुसार घटना शनिबार बेलुका भएकोे हो । जिल्ला प्रहरी कार्यालय घोराहीको गेटअगाडि होटल गर्ने महिलाले होटेलभित्रै ती प्रहरी हवल्दारलाई शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेकी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“उहाँलाई टाउकोलगायत शरीरका विभिन्न भागमा चोट पटक छ,” चन्दले भने, “राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि उहाँ डिस्चार्ज भइसक्नु भएको छ।” अहिले ती प्रहरी हवल्दारलाई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा थुनेर राखिएको ती अधिकारीले बताए ।

“मदिरा सेवनपछि प्रहरी हवल्दारले ती महिलालाई जिस्काउँदा विवाद भएको भन्ने कुरा आएको छ,” प्रहरी स्रोतले भन्यो । तर, दाङ प्रहरीले घटना हुनुको विवादबारे बताएको छैन । मदिरा सेवनपछि आवेशमा आएर महिलाले चक्कु प्रहार गरेको भन्ने खुल्न आएको प्रहरीको भनाइ छ।

Global Ime bank

घाइते प्रहरी हवल्दार खत्री, चक्कु प्रहार गर्ने महिला र अर्का एकजना गरी तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एसपी चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताए।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement