site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सत्याग्रही गंगामायालाई ट्रमा सेन्टर सारियो, माइतीघर जान रोकियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । आफ्नो छोराका हत्यारालाई कारबाहीको माग गर्दै आएकी गंगामाया अधिकारीलाई ट्रमा सेन्टरमा सारिएको छ । मानवअधिकारवादी चरण प्रसार्इंले केहीबेरअघि मात्र अधिकारीलाई ट्रमा सेन्टर सारिएको जानकारी दिए ।

छोराका हत्याराको कारबाही माग गर्दै आमरण अनशनमा रहेकी अधिकारीको स्वास्थ्यमा समस्या भएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । वीर अस्पताललाई कोरोना अस्पताल बनाइएपछि अरु सबै बिरामीलाई स्थानान्तरण गरिएपछि अधिकारीलाई त्यहीँ राखिएपछि मानवअधिकारवादीहरुले शनिबार विज्ञप्ति जारी गरेरै ध्यानाकर्षण गराएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार बिहान अधिकारी अस्पतालमा निर्देशकले राम्रो व्यवहार नगरेको र आफ्नो स्वास्थ्यमा खेलबाड गरिएको भन्दै माइतीघर मण्डला जाने भन्दै निस्किएकी थिइन् । तर, उनलाई प्रहरीले टुँडिखेलबाटै फर्काएर पुनः वीर अस्पताल लगेको थियो ।

राज्यले आफूलाई कोरोना संक्रमण गराएर मार्ने षड्यन्त्रमा लागेको भन्दै अधिकारीले भदौ २८ गतेदेखि आमरण अनशन सुरु गर्ने घोषणा गरेकी थिइन् । उनलाई अनशनबाट रोक्न माइतीघर जानबाट रोकिएको छ ।

Global Ime bank

तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वका क्रममा आफ्नो निर्दोष छोराको हत्या भएको भन्दै सो कार्यमा संलग्‍नमाथि कारबाही माग गर्दै अधिकारी र उनका पति नन्दप्रसाद अधिकारीले २०६८ माघ २२ देखि सत्याग्रह सुरु गरेका थिए । सो क्रममा उनका पति नन्दप्रसादको ०७१ असोज ६ गते निधन भएको थियो । सरकारका तर्फबाट न्याय दिलाउन सहजीकरण गर्ने, जीवनभर स्वास्थ सेवा, उपचार एंव सुरक्षाको प्रत्याभूति गर्ने सरकारको प्रतिबद्धतापछि  गंगामायाले अनशन स्थगित गरेकी थिइन् । तर, सरकारले अहिलेसम्म माग पूरा नगरेको र कोरोना अस्पतालमै  राखेपछि गंगामायाले आमरण अनशन सुरु गर्न लागेकी हुन् ।

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement