site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
असुरक्षित सिन्धुपाल्चोकका बस्ती : पछिल्लो ३ महिनामा, ३ ठूला पहिरो
Sarbottam CementSarbottam Cement

काठमाडौं । ०७२ सालमा भूकम्पले सबैभन्दा बढी क्षति भोगेको सिन्धुपाल्चोक जिल्ला पछिल्लो केही महिनायता पहिरोको पीडा भोगिरहेको छ । तीन महिनायता मात्र तीन ठूला पहिरो बेहोरिसकेको सिन्धुपाल्चोकका धेरै बस्ती जेखिममा छन् । 

भूकम्पले नराम्ररी हल्लाएका पहाडहरु सामान्य वर्षा र ठाडो खोला उर्लंदा बग्‍न थालेको र सोही कारण पहिरो गइरहेको स्थानीय जनप्रतिनिधिहरु बताउँछन् । सिन्धुपाल्चोकमा पछिल्लो तीन महिनायता तीनवटा ठूला पहिरो गएका छन् ।

बाह्रबीसे नगरपालिकाको जम्बु, जुगल गाउँपालिकाको लिदीपछि आइतबार बिहानै बाह्रबीसे नगरपालिकाकै दुई बस्तीमा पहिरो गएको छ । बाह्रबीसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिनका अनुसार आइतबारको पहिरोमा परि मृत्यु हुने तीनजनाको शव फेला परेको छ । नगरपालिकाको नागपुजे र भिरखर्कमा पहिरो गएको हो । पहिरोमा २३ जना बेपत्ता भएकामा तीनजनाको शव फेला परेको छ । नागपुजेमा ६ घर पुरिएको, १७ जना बेपत्ता रहेको र भिरखर्कमा दुई घर पुरिएको र ६ जना बेपत्ता रहेकाले खोजी जारी रहेको उपमेयर पाख्रिनले जानकारी दिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि गत असार २५ गते पनि बाह्रबीसे नगरपालिकामा ठूलो पहिरो गएको थियो । स्थानीय खहरे खोलामा आएको बाढीका कारण जम्बु बस्ती नै बगाएको थियो । बाह्रबीसे नगरपालिका ३, जम्बु बजारमा खहरे खोलामा आएको बाढीले १८ जना बेपत्ता भएका थिए भने दुईजनाको शव घटनास्थलमै  फेला परेको थियो ।  २०/२२ वटा घरमध्ये ३/४ वटाबाहेक अरु पहिरोले लगेको थियो । १८ जनाको मृत्यु भएको थियो ।

त्यस्तै, गत साउन ३० गते जुगल गाउँपालिका गोल्चे २ लिदीमा पहिरो जाँदा ३३ जनाको मृत्यु भएको थियो ।  बस्तीमा पहिरो खस्दा २७ वटा घर पूर्ण क्षति भएको थियो । असार २६ गते सो गाउँमा सानो पहिरो जाँदा दुईवटा घरमा क्षति पुगेको थियो ।  त्यसपछि  गाउँ जोखिममा परेको भन्दै स्थानीयले राति घर छाड्दै आएका थिए ।

Global Ime bank

ठूलो पहिरो जानु एक साताअघि नै अर्थात् साउन २३ गते स्थानीय बासिन्दाले गाउँ असुरक्षित रहेको भन्दै बस्तीको भौगर्भिक अध्ययन र स्थानान्तरणको  माग राख्दै  जिल्ला विपत् व्यवस्थापन समितिलाई ज्ञापनपत्र नै बुझाएका थिए । तर, समितिले स्थानीयको माग बेवास्ता गरिदिँदा ठूलो धनजनको क्षति हुन पुगेको थियो ।

सिन्धुपाल्चोक बाह्रबीसेकै स्थानीयसमेत रहेका पूर्वसञ्‍चारमन्त्री मोहनबहादुर बस्‍नेत पहिरो जानुमा मुख्यत: तीनवटा कारण रहेको बताउँछन् । “पहिलो कारण सिन्धुपाल्चोकको यो भेकमा वर्षा बढी हुने ठाउँ हो । दोस्रो ०७२ को भूकम्पले यो जिल्ला सबैभन्दा बढी हल्लाइदियो । तेस्रो कारण, सडकहरु गलत ढंगले बनेका छन्, जहाँ पनि बाटो खनिदिँदा पनि पहिरोको प्रकोप देखिएकोछ, ” उनले भने ।

पहिरो जाला भनेर चिताएकै थिएनौं, राति गाउँ नै सोहोर्‍यो

बाह्रबीसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिन पनि भूकम्पले चिरा पारेका पहाडमा अहिले वर्षा हुँदा असुरक्षा बढेको बताउँछिन्  । त्यस्तै, बाह्रबीसे क्षेत्रमा धेरै ढुंगाखानीहरु छन् । नदीमा धेरै क्रसरहरुले अति दोहन गरिरहेका छन् । ढुंगाखानी र क्रसरले गर्ने नदीको चरम दोहनका कारण पनि बाढी-पहिरोले समस्या पार्ने गरेको स्थानीय युधिर पौडेल बताउँछन् ।

सभामुख अग्‍नि सापकोटा, कांग्रेस केन्द्रीय सदस्य मोहन बस्‍नेत बाढी-पहिरोको प्रकोपपछि उद्धार र राहतमा पुग्‍ने गरेका छन् । तर, पहिरोको उच्च जोखिममा रहेका जिल्लाका बस्तीहरुलाई सुरक्षित स्थानमा सार्न भने कुनै ठोस पहल हुन सकेको छैन । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement