site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
पहिरो जाला भनेर चिताएकै थिएनौं, राति गाउँ नै सोहोर्‍यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । बाह्रबिसे नगरपालिका–७ का रेशम प्रधानले पहिरो जाला र गाउँ जोखिममा पर्ला भनेर कहिल्यै चिताएका थिएनन् । चिताउन् पनि कसरी ? समथर फाँटमुनिको नागपुजे गाउँ ७ नम्बर वडाभरिकै सुरक्षित ठाउँ मानिन्थ्यो । उर्वरभूमि सिरान हालेका होला गाउँ समृद्ध पनि थियो । हराभरा थियो । पहिरोको जोखिम कम भएकाले बस्ती पनि बाक्लो हुने नै भयो ।

तर, आइतबार बिहानै पहिरोले आँखा लगाउँदा नागपुजे एकाएक खण्डहर बन्न पुगेको छ । “हामीले कहिल्यै पहिरो जाला भनेर सोचेका थिएनौं । तर, हामीले सोचेर नहुँदो रहेछ, पहिरोले कुनबेला आँखा लगाउने हो भरै हुँदो रहेनछ,” उनले बाह्रखरीसँग भने ।

प्रधानकाअनुसार शनिबार साँझदेखि परेको पानी अबेर रातिसम्म थामिएको थिएन । चट्याङसहित् भारी वर्षा भएकाले जिल्लामा बाढी पहिरोले त्रासदी निम्त्याउने सोचिएको थियो । गाउँको पुछारमा रहेको भोटेकोसी उर्लंदो थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, आफैंलाई पहिराले छोप्ला भनेर कसैले कल्पना गरेका थिएनन् ।

आइतबार बिहानी पख भीरखर्कभन्दा माथि सानो सल्लेनी सामुदायिक वनबाट सुरु भएको पहिरोले झण्डै एक किलोमिटर तलको नागपुजेलाई आहारा बनायो । त्यतिमात्र होइन पहिरोले आफ्नो वृत्तमा पर्ने सबैलाई सोत्तर बनायो । भीरखर्कमा मात्रै १० घर पहिराले बगाएको छ । नागपुजेमा पनि ७ घरमा गम्भीर क्षति पुगेको प्रधान बताउँछन् । १५ जना बेपत्ता छन् ।

Global Ime bank

स्थानीय बजीरसिंह भण्डारी पनि नागपुजे पहिरोको जोखिममा कहिल्यै नरहेको बताउँछन् । “समथर भूभाग, उब्जायोग्य जमिन भएकाले यो सुरक्षित मानिन्थ्यो । तर, कहाँको पहिरो आएर छोप्यो,” उनी भन्छन् । भारि वर्षात् र भूकम्पले जमिन थिलोथिलो बनाएकाले पहिरो चलेको उनको आँकलन छ ।

रेशमका अनुसार सानो सल्लेनमा हिउँदयाममै सुख्खा पहिरो खसेको थियो । वर्षात्मा जोखिम बढेकाले बाह्रबिसे नगरपालिकाले जोखिममा रहेका १०–१५ घर सार्न ताकेता पनि नगरेको होइन । तर, सरकारी काम र ढिलासुस्ती त्यहाँ पनि कारण बन्यो । जोखिमका बस्ती सारिएनन् ।

“अहिले आएर शीरपुछार नै पहिरो चल्यो । ठूलो पानी ठूलो पानी पयो भने अझ ठूलो पहिरो चल्ने सम्भावना छ,” प्रधान भन्छन्, “यहाँका कुल १८० घरधुरी जोखिममा छन् । कहाँ सार्ने भन्ने चुनौती छ ।”

भीरखर्क, डाँडागाउँ, नागपुजेमा गरी अहिलेसम्म ३० जना बढी व्यक्ति वेपत्ता रहेको गाउँलेहरूको तथ्याङ्क छ । ४ जनाको शव फेला परिसकेको उनीहरू बताउँछन् । “सरकारले समयमै जोखिममा रहेका बस्तीहरूको पहिचान नगर्दा र सार्न तदारूकता नदेखाउँदा सिन्धुपाल्चोक विपत्तिको आहारा बनेको बन्यै छ,” उनी दुखेसो पोख्छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement