site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पहिले ज्ञान बेच्थ्यौं, अहिले श्रम बेच्‍नुपरेको छ’
SkywellSkywell

चितवन । देशकै प्रमुख पर्यटकीय गन्तव्य मानिएको सौराहा यतिबेला सुनसान छ । झन्डै ६ महिनादेखि यहाँ पर्यटक आएका छैनन् । जल, जमिन र जंगलमा आधारित सौराहाको पर्यटन कोभिड-१९ को कारण थला परेको छ ।

यहाँका पर्यटन व्यवसायीसँगै आश्रित होटेलका कर्मचारी, माउते, गाइडलगायतको दैनिक जीवन पनि थप कष्टकर बन्दै गएको छ । जसका कारण पर्यटकलाई घुमाएर ज्ञान बाँड्दै गर्दै यहाँको प्रकृतिको प्रचार गरेर विश्वसामु पुर्‍याउने नेचर गाइडसमेत संकटमा छन् ।

‘‘केही महिना त बचेको पैसाले जेनतेन गुजारा चलेकै थियो, अहिलेत असह्‍य नै भयो । त्यसैले मैले कृषि कर्मतिर हात हालेको छु,’’ खैरहनी नगरपालिकाका १० का नेचर गाइड (पथ प्रदर्शक) रामेश्वर चौधरी भन्छन् । झन्डै यही पेसामा ३ दशक बिताएका उनलाई यस्तो अवस्थाबाट कहिल्यै गुज्रनु परेको थिएन । यसबाट कमाउँदै र रमाउँदै आएका चौधरीको मुखमा माड लगाउन समेत नसकेपछि बाध्य भएर कृषि कर्म अगालेको बताउँछन् । ‘‘यत्रो वर्ष यही पेसामा अडियो, छाड्न अझै पनि कहाँ सकिन्छ र ? तर बाच्‍नका लागि केही त गर्नुपर्‍यो,’’ उनले भने । हाल उनीसहित अर्का दुईजना नेचर गाइड, र अर्का एकजना मिलेर माछा र बंगुर पालन सुरु गरेका छन् । 

KFC Island Ad
NIC Asia

लामो लकडाउनका कारण उनी मात्रै होइन सौराहाका झन्डै ८ सय नेचर गाइडको अवस्था यस्तै छ । उनीहरूको पेसा र व्यवसायको अझै पनि टुंगो छैन । केही समयअघि मात्र यहाँका एकजना नेचरगाइडले आत्महत्याको बाटो रोजे ।
 
खेत र अन्य सीप भएकाले खेतीपाती र अन्य पेसाबाट पनि जेनतेन गुजारा चलाएका छन् । तर खेतबारी तथा बस्‍ने बास मात्र भएका नेचर गाइडको समस्या भने झन् अप्ठ्यारो छ । रत्ननगर नगरपालिका ६ का रामप्रसाद धानुकको पनि दैनिकी हिजोको जस्तो छैन ।

दुई दशकसम्म यही पेसामा अडिएका उनको हातमा अहिले एक रुपैयाँ पनि पर्न सकेको छैन । ‘‘महिनामा ४० देखि ५० हजार रुपैयाँ कमाइ हुन्थ्यो । टिप्स पनि आउँथ्यो । तर त्यसदिनदेखि सुको हात परेको छैन,’’ उनी सुनाउँछन् । उनकै मात्र कमाइमा निर्भर परिवार अबका दिनमा के खाने भन्‍ने चिन्तामा छ । ‘‘मजदुरी कहिले-काहीं पाएको गर्दै आएको छु । अहिले त काम पनि पाइँदैन । गरी खाने जग्गाको टुक्रो पनि छैन,’’ उनले सुनाए ।

Royal Enfield Island Ad

उनले आफ्नो दुई दशकको पेसामा कति पर्यटक घुमाए, कतिलाई यहाँको प्रकृति र संरक्षणबारे बुझाए । कतिलाई वन्यजन्तुबाट पनि जोगाए । यो लेखाजोखा छैन । तर उनी विगत ६ महिनादेखि पर्यटन क्षेत्र कहिले सहज होला भन्‍ने पखाईमा छन् । ‘‘त्यतिबेला नलेज बेचेर गुजारा चलाएका थियौं, अहिले श्रम बेच्‍नुपर्ने बाध्यता छ,’’ उनको गुनासो छ । यस्ता सयौं नेचर गाइड अब विस्थापित र पलायन हुने पनि उत्तिकै चिन्ता छ । कतिपय बोटे, कुमाल समुदायका गाइडहरूले पनि आफ्नो दैनिकी चलाउन माछा मार्ने, निगुरो टिप्‍न जाने गरेका छन् । कतिपय गाइडले कृषि पर्यटनतिर हात हाल्न थालेका छन् । 

कोभिड १९ प्रभाव मत्थर भए पनि यसको असर २ वर्ष न्दा बढी रहने पर्यटन व्यवसायीको अनुमान छ । ‘‘मेरो आफ्नै कन्ट्रयाक्ट पर्यटकहरू थिए । काम बन्द भएको पनि ६ महिना हुन लाग्यो,’’ मेघौलीका नेचर गाइड मनीष लिम्बू भन्छन्, ‘‘अब यत्रो वर्ष यही पेसामा लागियो । अरू काम गर्न आउँदैन । अब कुरेर पनि भएन ।’’

२२ वर्षदेखिको उनको पेसाको यात्रामा यस्तो अवस्था कहिल्यै आएन । ‘सशस्त्र द्वन्द्व भयो । नाकाबन्दी भयो । भूकम्प आयो यी सबै हाम्रो क्षणिक समस्या थियो,’’ उनी सम्झन्छन् । सिजन लागे पनि यो व्यवसाय उकासिने छाँट नदेखिएपछि उनले अर्ग्यानिक फार्म हाउस खोलेर आन्तरिक पर्यटकलाई तान्‍ने कोसिस गरेका छन् । राप्तीनजिकैको आफ्नो खाली जग्गामा पर्यटकका लागि छुट्टाछुट्टै भिल्ला बनाइदिने र त्यहाँकै अर्ग्यानिक उत्पादन पर्यटकले प्रयोग गर्न गरी फार्म निर्माण गर्ने योजना रहेको उनले बताए । ‘‘मैले कम्तीमा पाँचदिन बढीमा १५ दिन पर्यटक बस्ने भिल्ला बनाउँदै छु । पर्यटकका लागि चाहिने सबै सामान त्यहीं हुन्छ,’’ उनले भने, ‘‘आफैं पकाएर खान सक्छन् । डिस्टर्ब हुँदैन ।’’ उनले आफ्नो तयारीबारे सुनाए । 

सौराहामा रहेका झन्डै ८०० नेचर गाइडमध्ये अधिकांशको अवस्था दयनीय बन्दै गएको नेचर गाइड एसोसिएसन चितवनले जनाएको छ । एसोसिएसनका अध्यक्ष राजेन्द्र धामी अधिकांश नेचर गाइडले यही पेसाबाट परिवार पाल्नुपर्ने भएकाले विस्थापित हुने खतरा बढ्दै गएको बताउँछन् । ‘‘बिहानदेखि बेलुकासम्म व्यस्त हुने गाइडहरू अहिले अन्य पेसा र श्रम बेच्‍न बाध्य छन्,’’ धामीले भने । यतिका समयसम्म पर्ख र हेरको अवस्थामा रहे पनि पर्यटन व्यवसाय उकासिन थप केही वर्ष लाग्‍ने भएकाले विकल्प रोज्‍नुपरेको उनको भनाइ छ । 

लकडाउन खुकुलो भएपछि र व्यवसायले गति लिएपछि आन्तरिक पर्यटकका भरमा पनि गाइडहरूले जीवन धान्‍न सक्ने उनी बताउँछन् । सौराहाका होटेलहरूमा रोजगारी गर्ने करिब १५० नेचर गाइड, आफ्नै गाइड अफिस सञ्चालन गर्ने २०० नेचर गाइडहरू छन् । बाँकी सबै व्यक्तिगत रुपमा पर्यटकलाई घुमाएर जीविको पार्दै आएका थिए । तर कोभिड १९ को प्रभावसँगै उनीहरूको रोजगारी र रोजीरोटी गुमेको हो ।

सौराहा विशेषगरी जंगल सफारीमा निर्भर पर्यटन व्यवसाय हो । यहाँको प्रकृति, दुर्लभ वन्यजन्तु, घडियाल गोही, चरा र तालतलैया हेर्न बर्सेनि २ लाखको हाराहारीमा पर्यटक आउने गर्थे । सौराहामा मात्रै साना ठूला गरी पर्यकटीय स्तरका १३० वटा होटेल छन् भने ७० वटा रेस्टुरेन्ट छन् । यस्तै चितवनकै मेघौली र पटिहानीमा २ दर्जनभन्दा बढी पर्यटकीय होटेल सञ्चालनमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro