site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्तर्राष्ट्रिय चार्टर्ड उडान हटाउन पर्यटन व्यवसायीको माग, भन्छन्- आन्तरिक हवाई सेवा तत्काल खोल्नुपर्छ
Tiktok banner adTiktok banner ad

काठमाडौं । गत चैतदेखि बन्द रहेको नेपालको पर्यटन व्यवसायले अर्बौं रुपैयाँ गुमाइसकेको छ । पर्यटन उद्योगसँगै यसमा आश्रित श्रमिक दिनप्रतिदिन निराश बन्दै गएका छन् । अब पनि व्यवसायलाई गतिशील नबनाउने हो भने घरभित्रै थुनिएर बस्‍न नसक्ने अवस्थामा आफूहरू पुगिसकेको व्यवसायी बताउँछन् । अन्तर्राष्ट्रिय हवाई सेवालाई खुला गर्दै पर्यटन गतिविधि अगाडि बढाउन दिनुपर्ने माग व्यवसायीहरूको छ । 

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईं अन्तर्राष्ट्रिय चार्टर्ड उडान बन्द गरेर नियमित उडान संख्या थप्नुपर्ने बताउँछन् । चार्टर्ड उडान हुँदा र नियमित उडान संख्या कम हुँदा कार्टेलिङ भएको उनले बताए । “हामीहरूले मन्त्रालयमार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अन्तर्राष्ट्रिय चार्टर्ड उडान रोक्ने र धेरै नियमित उडान गराउन आग्रह गरेका छौं । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक २५ सय यात्रु धान्‍ने क्षमता छ । त्यसैले व्यवसाय सबैलाई खुला गरिदिनुपर्छ । केही कम्पनीका लागि मात्रै होइन,” उनले भने । सबैलाई व्यवसाय गर्न दिए मात्रै माग र आपूर्तिको व्यवस्थापन हुने उनको भनाइ छ । 

व्यवसायीले पर्यटकलाई ३ देखि ५ दिनसम्म मात्रै होटेल क्‍वारेन्टिनमा राख्‍ने व्यवस्था गर्न पनि आग्रह गरेका छन् । “एक साता पर्यटकका लागि धरै हो । बढीमा ५ दिनसम्म मात्रै राख्नुपर्ने भनेका छौं,” उनले भने । 

उनले अब पनि आन्तरिक हवाई सेवा सञ्‍चालन नगरिए आफूहरू चुप लागेर नबस्ने बताए । “आन्तरिक हवाई सेवा पनि नखोल्ने हो भने आन्दोलनमा जानुको विकल्प छैन । अब हामी सहेर बस्‍न सक्दैनौं । आज सीसीएमसीको बैठक छ । आज आन्तरिक हवाई सेवा खोल्ने निर्णय गरिएन भने भोलि सडकमा जान हामी बाध्य हुन्छौं ।”

व्यवसायीले रोक भनेर डर देखाउने र थुन्ने काम अब नगर्न आग्रह गरेका छन् । अध्यक्ष गुरागाईंले हङकङको डिमान्ड धेरै बढेको भन्दै महिनाको दुईवटा मात्रै उडान संख्यालाई बढाएर न्यूनतम ४ पुर्‍याउनुपर्ने पनि बताए । 

यस्तै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी पर्यटन क्षेत्रका लागि सुरक्षाको मापदण्ड बनाइसकेकाले सोहीअनुसार खुला गर्दै लैजानुपर्ने बताउँछन् । पर्यटन व्यवसायलाई गतिशील बनाउन अन्तर्राष्ट्रिय हवाई सेवा खुला गरिनुपर्ने उनको भनाइ छ । उनले त्यससँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १/२ घण्टामै रिपोर्ट दिने गरी पीसीआर मेसिन राख्नुपर्ने बताए । “पीसीआर गर्दा लाग्ने शुल्क पर्यटकले नै दिन्छन् । यो विमानस्थलमा राख्नुपर्छ,” उनले भने । 

नेपालको पर्यटनलाई विस्तारै चलायमान बनाउन विदेशी पर्यटकलाई खुला गरिनुपर्ने उनको भनाइ छ । “पर्यटन उद्योगलाई चलायमान बनाउन विदेशी पर्यटकलाई खोल्नुपर्छ । विदेशी पर्यटकलाई खोल्नासाथ होटेल, ट्रेकिङ, रेस्टुरेन्ट, सार्वजनिक यातायात, हवाई सेवा सबै खुल्छन् । पर्यटकलाई खोल्ने भनेको नै सबै गतिविधि हुने हो,” उनले भने । उनले पर्यटन बोर्डमा जाने बोर्ड सदस्यहरू पर्यटन संघ-संस्थाबाट प्रतिनिधित्व हुनुपर्ने पनि बताए । “संस्थागत प्रतिनिधित्व भयो भने बोर्डमा नयाँ क्रियसन ल्याउन सकिन्छ ।” 

पर्यटन बोर्डले के गर्दै छ ? 
यता, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी आन्तरिक पर्यटनलाई गतिशील बनाउन बोर्डले विभिन्‍न ६८ वटा प्याकेज तयार पारेर त्यसको कस्टिङ (शुल्क) निर्धारण गर्न निजी क्षेत्रलाई जिम्मा दिएको बताउँछन् । “यो पर्यटन व्यवसायलाई चलायमान बनाउन गरिएको तयारी हो,” उनले भने । यस्तै पर्यटन क्षेत्रको रिभाइभलका लागि के गर्ने भन्ने विषयमा सुझाव दिन कार्यदल बनाएको उनले बताए । त्यो कार्यदलले जे जस्तो सुझाव दिन्छ ल्याउँछन् सरकारले इन्डोर्स गरिदिने भनेको उनले बताए । 

“पर्यटन बोर्डले गर्‍यो भने विवाद हुन सक्छ भनेर नै पर्यटनसँग सम्बन्धित संघ-संस्थालाई राखेर कार्यदल बनाइएको हो । त्यसको नेतृत्व पाटाले गर्छ । उनीहरूले जे सुझाव ल्याउँछन् सरकारले इन्डोर्स गरिदिने भनेको छ,” उनले भने । उक्त कार्यदलले जति छिटो सुझाव दिन्छ उती छिटो काम अगाडि बढ्ने उनको भनाइ छ । बोर्ड आफैंले पनि एउटा रणनीति बनाइसकेको उनले बताए । त्यसमा सरकार पनि स्पष्ट रहेको उनको भनाइ छ । “अहिले तयारी गरेर बस्ने हो, तयारीको काम भइरहेको छ,” उनले भने । बहराइनका राजकुमार हिमाल आरोहण गर्न नेपाल आउँदा त्यसले सकारात्मक सन्देश दिने विश्वास उनको छ ।
 
उनले पर्यटन व्यवसायको पुनरुत्थानका लागि सबै मिलेर काम गर्नुपर्ने पनि बताए । “कसैले पनि एक-अर्काको खुट्टा तान्ने काम गर्नु हुँदैन, राजनीतिभन्दा माथि उठेर एक जुट भएर सबैले आफ्नो ठाउँबाट काम गर्‍यो भने पर्यटन उद्योगले छिटो गति लिन्छ,” उनले भने । 

आन्तरिक पर्यटन प्रबर्द्धनका लागि एक जिल्लाबाट अर्को जिल्लामा जान नसक्ने अवस्था भए पनि जिल्लाभित्रै भए पनि घुम्‍न सकुन् भन्‍ने योजना बनाइरहेको उनले बताए । सोही उद्देश्यले बोर्डले आन्तरिक पर्यटन प्रबर्द्धनका लागि ६८ वटा प्याकेज बनाएको उनको भनाइ छ । त्यसरी प्याकेज बनाउँदा जिल्लाभित्र सहित प्रदेशभित्रका विभिन्न पर्यटकीय ठाउँ रहेको उनले बताए । “६८ प्याकेज नै लागु गर्न सकिँदैन भने त्यो मध्येमा कतिवटा सकिन्छ लागु भनेर निजी क्षेत्रलाई भनेका छौं,” उनले भने । 

उनले आन्तरिक हवाई सेवाका लागि वायुसेवा सञ्‍चालकहरू तयारी अवस्थामा बसेको बताए । “सरकारले निर्णय गर्‍यो भने सञ्‍चालन हुन सक्छन् । यो खुला गर्ने/नगर्ने भन्‍ने निर्णय स्वास्थ्य मन्त्रालय र सीसीएमसीको हातमा छ,” उनले भने । -फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro