site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ब्यारेकमै सुत्‍न डराउँछन् प्रहरी, १८ घण्टासम्म ड्युटी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरीमा लगातार कोरोना संक्रमणको जोखिम बढ्दै गएको पाइएको छ । सेना, प्रहरी र सशस्त्र गरी ३५ सय बढीमा कोरोना संक्रमण देखिएको छ । तर उनीहरु दिनभरी ड्युटी गरेर राति सुत्दा भने कोरोनाका कारण डराउने गरेका छन् ।

तल्लो दर्जाका सुरक्षाकर्मी प्राय: एकै ब्यारेकमा सुत्छन् । एकै कोठामा ५ देखि १० जनासम्म पनि सुत्‍नुपर्ने बाध्यता छ । कतिपय स्थानमा सामाजिक दूरीसमेत कायम गर्न नसकिने अवस्था भएकाले आफूहरुमा डर उत्पन्न हुने गरेको उनीहरु बताउँछन् ।

तीन सुरक्षा निकायमध्ये सबैभन्दा बढी सक्रमित नेपाल प्रहरीमा छन् । प्रहरीमा सबैभन्दा बढी संक्रमण काठमाडौं उपत्यकामै देखिएको छ । उपत्यकाका २० बढी प्रहरी युनिटमा कोरोना संक्रमण देखिएको छ । एकै कार्यालयका ६० जनासम्ममा पनि कोरोना संक्रमण देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी सुशील यादव संक्रमितसँगै निको हुने क्रम पनि जारी रहेको बताउँछन् । उनले भने, “हामीसंग रिजर्भ फोर्स छ । त्यसलाई पनि परिचालित गर्छौं । सबै संक्रमितको अवस्था सामान्य छ । त्यस्तो अप्ठ्यारो छैन ।”

तर तल्लो तहका प्रहरीमा भने कोरोनाको मनोवैज्ञानिक त्रास देखिन्छ । सरकारले जोखिममा खटिएका प्रोत्साहन स्वरुप जोखिम भत्ता दिने निर्णय गरे पनि उनीहरुले त्यो समेत पाउन सकेका छैनन् । भत्तासँगै उनीहरुले चाहेअनुसारको खाजासमेत खान पाएका छैनन् ।

Global Ime bank

एक प्रहरीले भने, “विगतको जस्तो आन्दोलन, हिंसा छैन । बाहिरबाट हेर्दा पहिलेभन्दा सहज देखिन्छ । भिड छैन । तर कोरोनाको डरले सताइरहन्छ । जाँच गर्दा पीपीई सेटहरु केही छैनन् । बाटोमा कतिपय सवारीसाधन रोक्नुपर्छ । कोबाट कोरोना सर्छ यकिन हुँदैन ।” सरकारले सुरक्षाकर्मीलाई पर्याप्त मात्रामा स्वास्थ्य सामाग्री नदिएका कारणले पनि उनीहरुलाई फिल्डमा खटिँदा जोखिम बढेको हो ।

देशभर २४ सय प्रहरीमा कोरोना संक्रमण देखिएको छ । १३ सय अझै सक्रिय संक्रमित छन् ।

१८ घण्टासम्म ड्युटी
कतिपय जिल्लामा दैनिक १४ देखि १८ घण्टासम्म पनि ड्युटीमा खटिनुपर्ने अवस्था छ । एकजना प्रहरीमा कोरोना देखिँदा उनको सम्पर्कमा आएका सबैलाई क्‍वारेन्टिमा राख्नुपर्ने बाध्यताका कारण ड्युटीको बोझ थपिएको छ । यस्तो समस्या भारतीय सीमा जोडिएका जिल्लाहरुमा बढी छ ।

प्रदेश २ का एक प्रहरी अधिकारीले भने, “नियमीत जिम्मेवारीबाहेक अहिले काम थपिएको छ । सीमामा परिचालन, क्‍वारेन्टिन, अस्पताललगायतको सुरक्षाका कारण जनशक्ति बढी खटाउनुपर्छ । त्यसमाथि प्रहरीमै संक्रमण बढेकाले १८ घण्टासम्म पनि ड्युटी गर्नुपर्ने अवस्था छ । यस्तो बेला पनि राज्यले समयमै भत्ता नदिँदा मनोबल खस्किन्छ ।”

प्रहरीकै अधिकारीहरु तल्लो तहका कर्मचारीलाई मनोवैज्ञानिक रुपमा समेत बलियो बनाउनुपर्ने बताउँछन् । यसका लागि सेवा-सुविधामा समेत ध्यान दिनुपर्ने उनीहरुको तर्क छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय