site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भरतपुर अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु 

फाइल तस्बिर।


चितवन  । भरतपुर अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

चितवनको राप्ती नगरपालिका - ९ की ३५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले ती महिलाको बिहीबार साँझ ५ बजेर १० मिनेटमा मृत्यु भएको जानकारी दिए ।

पौडेलका अनुसार ती महिला खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १४ गते अस्पताल भर्ना भएकी थिइन् । उनको भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो  । मिर्गौला रोगीसमेत रहेकी उनको तीन महिनादेखि डायलाइसिस चलिरहेको पौडेलले जानकारी दिए । 

उनको भेन्टिलेटरको सहायताले सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको थियो । 

योसँगै आज मात्रै चितवनमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । तीमध्ये एक पुरुष नवलपरासी गैडाकोटका हुन् । चितवनका मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro