site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुरक्षा संकट भए अवकाशप्राप्त सशस्त्र प्रहरीलाई स्वयंसेवाका लागि आह्वान गरिने
SkywellSkywell

काठमाडौं । कोरोना महामारीको संकट बढ्दै जाँदा आइपर्ने सम्भावित सुरक्षा चुनौतीबारे सशस्त्र प्रहरी बलले आवश्यक तयारी थालेको छ । भविष्यमा आउनसक्ने सम्भावित चुनौतीको विश्लेषण गर्दै सशस्त्र प्रहरीले आवश्यक तयारी थालेको हो ।

सशस्त्र प्रहरी बलमा हाल ३७ हजारको हाराहारीमा जनशक्ति कायम छ । जसमा ६ सय बढी प्रहरी संक्रमित छन् । कोरोनाको अवस्था भयावह हुने सम्भावित अवस्थाको लागि भन्दै आफूहरुले पूर्वतयारी गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले बताए ।

KFC Island Ad
NIC Asia

सशस्त्रले सुरक्षा तयारीस्वरुप विभिन्न तयारी गरेको छ । जसमध्ये एक हो संकट बढेको अवस्थामा अवकाशप्राप्त सशस्त्र प्रहरी र युवालाई समेत स्वयम्सेवक बनेर कोरोना महामारीविरुद्ध सक्रिय हुन आव्हान गर्ने ।

प्रवक्ता अर्यालले भने,“यो अन्तिम अवस्थाका लागि गरिएको तयारी हो । कोरोना संक्रमणले हाम्रा काम कारवाही निकै प्रभावित भएमा हामीले अवकाशप्राप्त इच्छुक प्रहरीलाई स्वयम्सेवक बन्न आह्वान गर्छौँ । उनीहरुलाई विभिन्न जिम्मेवारीमा परिचालन गर्छौँ । तर यसका लागि सरकारसँग समन्वय हुन्छ । सकेसमम्म यस्तो अवस्था नआओस् भन्नेतर्फ सचेत छौं ।”

Royal Enfield Island Ad

यसका लागि विभिन्न चरणहरु हुनेछन् । सबै चरणहरु पार गर्दा पनि समस्या भएमा मात्रै अन्तिम विकल्पका रुपमा स्वयम्सेवकको प्रस्ताव अघि सारिनेछ । सशस्त्र प्रहरीमा हाल १५२ वटा बोर्डर आउट पोष्ट (बीओपी) छन् । यसबाहेक आठवटा रिजर्भ गण, बाहिनी र मुख्यालयमा जनशक्ति छ ।

“अहिले नै सुरक्षामा समस्या भने आएको छैन,” उनले भने । आफूहरुले गर्दै आएको नियमित जिम्मेवारीका लागि जनशक्ति पुगेको प्रवक्ता अर्याल बताउँछन् ।

हाल सशस्त्र प्रहरीको ३१ हजार जनशक्ति कोरोनाविरुद्धको अभियानमा फिल्डमै परिचालित छ । सीमा सुरक्षा, राजश्व चुहावट, भिड नियन्त्रण, विपदमा उद्धारलगायत शान्ति सुरक्षाका मुख्य जिम्मेवारीमा सशस्त्र सक्रिय रहँदै आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro