site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२४ घण्टामा ८८४ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ८८४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६४२ पुरुष र २४२ महिलामा कोरोना संक्रमण देखिएको जानकारी दिए । 

काठमाडौंमा १५५, ललितपुरका १९ र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको छ । सर्लाहीका ८३, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार महोत्तरीमा २६, बझाङका २६, सुसनरीमा २४, नवलपुरमा २३, सिराहाका २२, बारामा २१, बैतडीमा  २१, झापामा २०, बाँकेमा २० जनामा कोरोना पुष्टि भएको छ । 

धनकुटा, काभ्रे, दाङ र कैलालीका १९/१९ जना, कञ्चनपुरमा  १७, रुकुम पूर्वमा १६, नवलपरासीमा १०, सुर्खेतमा १०, धादिङमा ९, मकवानपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

रौतहटमा ५, संखुवासभा, कास्की र दार्चुलाका ३/३ जना, सप्तरी र कपिलवस्तुका २/२ जना, इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार जानकारी दिएको छ । 

२४ घण्टामा ३१३ जना निको भएर घर फर्किएका छन् । 

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro