site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंका सीडीओले भने, 'ई-कमर्सलाई घर-घरमा ढुवानी गर्न इजाजत छैन'
Tiktok banner adTiktok banner ad

काठमाडौं । अनलाइनमार्फत अर्डर लिएर सामग्री घर-घरमा ढुवानी गर्ने कम्पनीहरूलाई रोक लगाइएपछि व्यवसायी निराश भएका छन् । सामान डेलिभरी गर्न हिँडेका कर्मचारी र अफिसमा रहेका सञ्‍चालकलाई बिहीबार प्रहरीले केही घण्टा नियन्त्रणमा लिएर छाडेको थियो । तर, उनीहरुलाई निषेधाज्ञाको बेलामा कारोबार नगर्ने गरी कागज गराएर छाडिएको ई-कमर्सका सञ्‍चालकहरुले बताए । 

सुरक्षालाई ध्यानमा राखेर सेवा दिइरहँदा पनि काम गर्न बन्देज लगाइएकोमा उनीहरुले केही गर्न आँटेका युवालाई हतोत्साही गर्न खोजिएको बताए । 

'मेरो किराना'का सागरदेव भट्टले हिजो समातिएका सबैलाई निशेधाज्ञा अवधिभर अनलाइन कारोबार नगर्ने लिखित प्रतिबद्धता गराएर छाडिएको बताए । 

काठमाडौं प्रमुख जिल्ला अधिकारीजनकराज दाहाल ले पनि निशेधाज्ञाको बेलामा ई-कमर्सले घरघरमा सेवा दिन नपाउने बताएको उनले जानकारी दिए । 

“आज हामीले काठमाडौं सीडीओसँग गएर कुराकानी गर्‍यौं । उहाँले ई-कमर्सले सेवा दिन नपाउने बताउनुभयो । तर, हामीले ई-कमर्सले जहिले पनि सेवा दिन पाउनुपर्छ भनेर अनुरोध पत्र बुझाएर आएका छौं”, उनले भने । प्रमुख जिल्ला अधिकारीले निशेधाज्ञाका बेला ई-कमर्स पनि निशेधितमा नै पर्ने बताएको उनले जानकारी दिए । 

उनले हिजोको घटनाले ई-कमर्स उद्योगमाथि नै आक्रमण गरेको बताए । युवा उद्यमीले नयाँ-नयाँ अवधारणा ल्याएर चलाएको यो व्यवसायलाई प्रोत्साहन गरिनुपर्नेमा त्यसो नगरिएको उनले गुनासो गरे ।

कोभिड-१९ को बेलामा विदेशका विभिन्‍न मुलुकका सरकारले नै प्रोत्साहन दिएकोमा यहाँ त्यसो नगरिएको उनले बताए । उनले पूर्व जानकारी बिना कर्मचारीलाई समात्‍ने, कार्यालयमा आएर कर्मचारी लैजान काम भएको बताए । 

हिजोको घटनाका कारण आज कुनै पनि ई-कमर्स सञ्‍चालकहरुले डिलिभरी सेवा दिएनन् । “अब प्रशासनले स्पष्ट नपारेसम्म सञ्‍चालन गरिँदैन” उनले भने, “कर्मचारीलाई प्रहरीले समात्यो भने कर्मचारी तनाबमा हुन्छन् र प्रहरी कार्यालयमा कोरोनाको जोखिम उच्च पनि हुन्छ ।”

यता, फुडमान्डुका श्याम मालीले डिसेम्बर २ सम्मका लागि ई-कमर्सको कारोबार रोकिएको बताए । फुडमान्डुका डेलिभरी कर्मचारीलाई हिजो प्रहरीले ‘होल्ड’ गरेर राखेको थियो । सरकारबाट यसरी यसरी काम गर्नु भनेर स्पष्ट पारेको भए सजिलो  हुने उनको भनाई छ । “काम गर्नलाई के हुने के नुहने स्पष्ट नै भएन, सरकारले स्पष्ट पारिदिनुपर्छ” उनले भने । 

फुडमाण्डु, मेरो किराना, भोज डिल्स, फुड मारियोलगायतका कम्पनीले विभिन्‍न ई-कमर्समार्फत होम डेलिभरी सुविधा दिँदै आएका छन् । ई-कमर्स कम्पनीहरूले दैनिक उपभोग्य सामान मोबाइल एप र वेबसाइटमार्फत अर्डर लिएर घर घर पुर्‍याउने काम गर्छन् । यी कम्पनीमार्फत खुला हुन नपाएका रेस्टुरेन्टहरूले पनि खानेकुरा प्याकिङमा होम डेलिभरी गरिरहेका थिए । 

प्रहरी प्रशासनले अचानक रोक लगाउँदा सेवाग्राही नै बढी प्रभावित भएको ती कम्पनीहरूको दाबी छ । 

ती कम्पनीहरुले सबै सुरक्षाका मापदण्ड अपनाएर नै कारोबार गर्दै आएको जनाएका छन् । एपबाट अर्डर लिने र भुक्तानी पनि डिजिटल माध्यमबाट लिने गरेको उनीहरुले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro