site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा कोरोना संक्रमणबाट एकैदिन ३ जनाको मृत्यु 

चितवन ।  नोभेल कोरोना भाइरसको संक्रमणबाट चितवनमा एकैदिन तीनजनाको मृत्यु भएको छ ।  

भरतपुर अस्पतालमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएसँगै शुक्रबारमात्रै मृत्यु हुनेको संख्या तीन पुगेको हो । 

यसअघि शुक्रबार नै चितवन मेडिकल कलेज र श्री पुष्पाञ्जली अस्पतालमा उपचारको क्रममा दुई जना संक्रमितको मृत्यु भएको थियो ।

भरतपुर अस्पतालमा उपचाररत गोरखाको आबुखैरहनी १३ का ३८ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार दिउँसो २:३० बजे मृत्यु भएको हो ।

अस्पतालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड आईसीयूमा उपचार गराइरहेका पुरुषको मृत्यु भएको पुष्टि गरेको हो । 

अस्पतालका अनुसार भदौ ६ गते अस्पतालमा भर्ना भएका पुरुषलाई १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै चितवनमा आज एकै दिन कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro