देश
चितवन । चितवनमा ५ महिने शिशुसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बुधबार राति १० बजे सार्वजनिक गरिएको विवरण अनुसार चितवनका २५ जना र तनुहँ, देवघाटका एक जना गरी २६ जनामा कोरोना देखिएको हो ।
प्रयोगशालाका अनुसार तीमध्ये भरतमहानगरपालिकाका दुईजना , रत्ननगर नगरपालिकाका १४ जना, माडी नगरपालिकाका ९ जना र देवघाटका १ जना गरी २६ जना संक्रमित भएका हुन ।
प्रयोगशालामा बुधबार भएको परीक्षण नतिजामा १५९ नमुना मध्ये १३३ जनाको नमुना नेगेटिभ आएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७ २२:५०
प्रतिक्रिया दिनुहोस्