site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 चितवनमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेबाट एक लाखभन्दा बढी जरिवाना असुली

चितवन । चितवनमा बुधबार निशेधाज्ञा अवज्ञाा गर्ने ५ सय ९० जनाबाट  १ लाख ४ हजार एकसय रुपैयाँ जरीवाना असुली गरेको छ ।  

जिल्ला ट्राफिक कार्यालयका अनुसार चितवनमा एकैदिन विभिन्न ठाउँबाट मास्क नलागाई सार्वजनिक स्थानमा हिड्ने १७५ जना पुरुष र ४० जना महिला तथा सवारी साधनमा सामाजिक दुरी कायम नराख्ने तथा निशेधाज्ञा उल्लंघन नगर्ने १७५ जना पुरुषलाई कारवाही गरिएको हो । 

उनीहरुबाट प्रहरीले १ लाख ४ हजार एकसय रुपैयाँ जरिवाना असुल गरेको ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए । 

प्रहरीले मास्क नलगाएर हिड्ने पैदल यात्रीलाई एकसय जरीवाना गरि छाडेको छ भने सवारी चालकहरुको हकमा प्रतिव्यक्ति पाँच सय जरीवाना गरिएको भट्टले बताए । जिल्लामा नेपाल प्रहरी, ट्राफिक प्रहरी र ससस्त्र प्रहरीको समन्वयमा दैनिकरुपमा कारवाही गरिँदै आएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  २२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro