site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 चितवनका २१ सहित थप ३१ जनामा कोरोना संक्रमण

चितवन ।  चितवनका २१ सहित मंगलबार थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

चितवन मेडिकल कलेजको कोभिड प्रयोशालामा मंगलबार गरिएको स्वाब परीक्षणमा चितवनका २१ र अन्य जिल्लाका १० जना गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका अनुसार चितवनका संक्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका १७ जना रहेका छन् । 

रत्‍ननगर नगरपालिकाका दुईजना, राप्ती नगरपालिकाका एक जना  र खैरहनीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी संक्रमण पुष्टि हुनेमा मकवानपुर १ जना, पूर्वी नवलपरासी १ जना, १ जना र विजन त्रिवेणीका १ जना गरी तीन जना रहेका छन ।  रोल्पाका ३ जना, गोरखाका २ जना, पर्सा १ जनामा संक्रमण पुष्टि भएको हो । 

सोमबार अस्पतालको ल्याबमा १२५ जनाको  नमुना परीक्षण गरिएको थियो । जसमा ३१ जनाको पोजेटिभ आएको छ भने अन्य ९४ जनाको रिपोर्ट नेगेटिभ आएको छ  । 

योसँगै चितवनमा कोरोना संक्रमितको संख्या ४ सय पुगेको छ । स्वाव परीक्षण चितवनमा भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाका हुनुको साथै केही दिनदेखि सशुल्क स्वाब परीक्षण चितवन मेडिकल कलेजबाट समेत हुँदै आएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro