देश
चितवन । भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा चितवनका १५ सहित १७ जनामा संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा सोमबार राति १० बजे सार्वजनिक गरिएको नतिजा अनुसार चितवनका १५ र अन्य जिल्लाका २ जना गरी १७ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रयोगशालाका अनुसार भरतपुर महानगरपालिका ७ जना महिला र २ जना पुरुष , रत्ननगर नगरपालिकाका १ पुरुष र १ महिला र राप्ती नगरपालिका २ पुरुष र २ महिलामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै मकवानपुरका १ महिला र नवलपुरका १ महिलामा कोरोना पुष्टि भएको छ । प्रयोगशालाले ४०५ जनाको परीक्षण गरिएको मध्ये ३८८ जनामा नतिजा परीक्षण नेगेटिभ आएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७ २३:११
प्रतिक्रिया दिनुहोस्