काठमाडौं । कोरोनाको महामारीका कारण यस वर्ष पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयहरु सुनसान बनेका छन् । देशभरका मुख्य शिवालयमा नित्य पूजाबाहेक सबै गतिविधि बन्द गरिएका छन् ।
कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौं उपत्यकालगायत देशैभरको अवस्था सामान्य छैन । कतिपय ठाउँमा राजधानी उपत्यकाजस्तै निषेधाज्ञा जारी गरिएका छन् । हिन्दु महिलाहरुको महान पर्व तिजका दिन यसअघिका वर्षहरुमा बिहानैदेखि पशुपतिनाथ लगायत शिवालयमा हजारौं बर्तालुको भिड हुन्थ्यो ।
कोरोना संक्रमणबाट जोगिन देशका धेरै जिल्लामा बन्दाबन्दी गरिएको छ । तसर्थ यस वर्षको तिजमा पनि सबै बर्तालुले घर-घरमै महादेवको पूजा-आराधना गरी पर्व मनाइरहेका छन् । आजका दिन सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्ने फलाहार व्रत बस्ने गरेका छन् ।
हेरौं तिजको दिनमा सुनसान रहेका शिवालय तथा फाट्टफुट्ट पूजाका लागि मन्दिर पुगेका भक्तजनका थप तस्बिर :