site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भोलिदेखि उद्धार उडान नहुने
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले विदेशबाट नेपाली नागरिकको उद्धार उडान स्थगित गरेको छ ।  

कोडिभ-१९ का कारण विदेशमा विभिन्‍न ठाउँमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत दैनिक ५ सयको संख्या नबढाइ ल्याउने निर्णय सरकारले गरेको थियो । 

तर, कोरोनाको संक्रमण फैलिँदै गएको र विभिन्‍न जिल्लामा लकडाउन लगाएकाले केही दिनका लागि उद्धार उडान पनि रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले जानकारी दियो । 

“काठमाडौंमा पनि कोरोनाको संक्रमण जोखिम बढ्दै गएको र यस्तो अवस्थामा ल्याउँदा होटलमा राख्नुपर्दा नागरिकलाई महँगो पर्ने भएकाले तत्कालका लागि स्थागन गर्ने निर्णय सीसीएमसीले गरेको हो” पर्यटन मन्त्रालयका एक अधिकारीले भने ।

 उनका अनुसार कतिदिनसम्म उद्धार उडान रोक्ने यकिन जानकारी आएको छैन ।

यता, सीसीएमसीको उक्त निर्णयसँगै नेपाल वायुसेवा निगमले पनि अगष्ट १८ देखिको उद्धार उडान तालिका अनिश्चितकालसम्मका लागि स्थगित गरेको जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro