चितवन । चितवनमा १२ सहित थप कोरोना सक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा भरतपुर महानगरपालिका वडा नम्बर २, ४, ७, १० का क्रमशः २३, ३०, २९, २० ३२, ३५, २३, २८ पुरुष र २५ बर्षिया एक महिला गरी ९ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै राप्ती नगरपालिकाका वडा नम्बर ९ मा ३७ वर्षीया एक महिला रत्ननगर नगरपालिका वडा नम्बर १३ कि ६३ बर्षिया महिला र खैरहनी नगरपालिका वडा नम्बर ८ का २३ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन् ।
यसैगरी बिहीबार भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरका २८ वर्षिय पुरुष, सर्लाहीका ४५ वर्षिय पुरुष, मकवानपुरकी २२ वर्षिय महिला र तनहुँकी २२ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ ।